• September 27, 2022 1:13 am

६ बर्षपछि पुम्दिकोट तिज मेला

Byadmin

Aug 30, 2022

नेपाली महिलाहरुको महानचाड हरितालिका तिजको अवसरमा पुम्दिकोट युवा क्लबले ६ बर्ष पछि पुन: तिज मेला सम्पन्न गरेको छ।

क्लबको आयोजनामा २०५७ साल देखि निरन्तर रुपमा संचालन हुँदै आईरहेको तिज गित तथा अतिरिक्त मनोरञ्जन कार्यक्रम पुम्दिकोट बिशाल महादेब मुर्ती निर्माण कार्यले गर्दा बिगत ६ बर्ष देखि संचालन हुन सकिरहेको थिएन।

यसका बाबजुत पुम्दिकोट युवा क्लबले यो बर्ष आफ्नो नियमित कार्यक्रम संचालन गरेको छ। क्लबका अध्यक्ष सुमन बरालको सभापतित्वमा सम्पन्न भएको यस कार्यक्रममा गण्डकी प्रदेशका अर्थमन्त्री मा. राम्जी प्रसाद बराल प्रमुख अथिती हुनुहुन्थ्यो। पोखरा म न पा २२ वडा अध्यक्ष हिमलाल बराल बिशेष अथिती रहनुभएको थियो।

पोखरा मनपा २२ निवर्तमान वडा अध्यक्ष मित्रलाल बराल,निवर्तमान वडा सदस्यद्वय मात्रीका प्रसाद बराल र चेतभक्त बराल,महिला समूह अध्यक्ष कमला बराल लगायत स्थानीय नेता तथा समाजसेवीहरुको आथित्यमा सम्पन्न भएको यस कार्यक्रमको संचालन क्लबका सचिब पवन बिश्वकर्माले गर्नु भएको थियो।

गायक तथा संगितकार नवराज बराल,गायक बिष्णु बरालको साङ्गितीक प्रस्तुति रहेको यस कार्यक्रममा साङ्गितिक कार्यक्रमका साथै छेलो हान्ने तथा घैटो फुटाउने कार्यक्रम पनि संचालन भएको थियो।

करिब ३० जना सहभागी रहेको छेलो हान्ने कार्यक्रममा प्रबिन पुन प्रथम,खुसिराम बराल दितिय र सुनिल बराल तृतीय भएका छन साथै करिब ६० जनाको सहभागीतामा सम्पन्न भएको घैटो फुटाउने कार्यक्रममा बिकास बराल,राजु बराल,सुमित्रा मगर र देवकी पुलामी मगरले घैटो फुटाउन सफल भएका छन। तिज मेलाका अतिरिक्त बृक्षारोपण,सामुदायिक भवन निर्माण,देउसी भैलो कार्यक्रम,रक्तदान कार्यक्रम,नेतृत्व बिकास कार्यक्रम लगायत सामाजिक कार्यमा अग्रसर हुँदै आईरहेको यस क्लबले आगामी दिनमा पनि थप सामाजिक कार्यक्रम गर्दै आफुलाइ अग्रसर गराउने क्लबका अध्यक्ष सुमन बरालले बताउनु भएको छ।

Leave a Reply

Your email address will not be published.