• September 27, 2022 1:25 am

पि एन कानुन संकायले आठौँ संविधान दिवसको अवसरमा दिप प्रज्वलन सम्पन्न

Byadmin

Sep 19, 2022

पृथ्वीनारायण क्याम्पस कानुन संकायले आठौँ संविधान दिवसको अवसरमा दिप प्रज्वलन कार्यक्रम सम्पन्न गरेको छ ।
कार्यक्रममा बोल्दै विद्याथी नेता विशाल पन्तले यस विश्वकै उत्कृष्ट नेपालको संविधान प्राप्त गर्न आफ्नो जीवन उत्सर्ग गर्ने महान शहीदहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्नुको साथै यस संविधानबाट संघीय लोकतान्त्रिक गणतन्त्र संस्थागत हुन पुगेको र नागरिक स्वतन्त्रता, मौलिक अधिकार, मानव अधिकार, वालिग मताधिकार, आवधिक निर्वाचन, पूर्ण प्रेस स्वतन्त्रता, स्वतन्त्र न्यायपालिका, कानूनी राज्य जस्ता लोकतन्त्रका अवयवहरुको जगमा दिगो शान्ति, सुशासन, विकास र समृद्धि प्राप्तिका लागि मार्ग प्रशस्त गरेको जानकारी दिए ।

कार्यक्रममा बोल्दै अर्का विद्यार्थी नेता विशाल भण्डारीले यस संविधानले नेपालमा बसोवास गर्ने समस्त आदिवासी, जनजाति, महिला, दलित, अल्पसंख्यक, मुसलमान, मधेसी, थारु, उत्पिडित,पिछडिएका वर्ग, क्षेत्र लगायत सम्पूर्ण नेपालीले आजसम्मको संघर्षबाट प्राप्त गरेका हक अधिकार र अवसरको सुनिश्चिततालाई संस्थागत गरेको बताउनुका साथै सबैको भाषा, संस्कृति, परम्परा, धर्मको संरक्षण र सम्बर्द्धनको बाटो फराकिलो गरेको र विभिन्न जातजाति र समुदायको विशिष्ट अवस्थालाई ध्यानमा राखी तिनको हितको प्रवर्द्धन र पैरवीका लागि छुट्टै आयोगहरुबाट सामाजिक न्यायको प्रत्याभूति हुने कुरामा थप आशावादी बनाएको बताए ।

Leave a Reply

Your email address will not be published.