विचार

अर्घाखाँचीको छत्रदेब गापामा पि सि आर पोजेटिभ देखिदा पनि सबैलाई एकै ठाउँमा राख्नु भनेको कत्तीको लाहापरबाही ?

अर्घाखाँची जिल्ला को छत्रदेब गाउँपालिका को बल्कोट महेन्द्र माबी को क्वारेनटाईन रहेका ४ जना को पि सि आर पोजेटिभ देखिदा पनि अजै सम्म सबैलाई एकै ठाउँमा राख्नु भनेको कत्ती को लाहापरबाही होला? अनि पि सि आर पोजेटिभ देखीएको ब्याक्ति लाई त आईसिलोसन मा राख्नु पर्नी हैनर? यसरी लाहापरबाही गर्दा खेरी कतै सिङ्गो गाउँपालिका नै कोरोना संक्रमित हुनी त हैन? यो बिसय मा छत्रदेव गाउँपालिका का प्रमुख लगायत सम्पूर्ण जनप्रतिनिधि हरुको ध्यान आकर्षण हुन जरुरी देखिन्छ | अनि RDT चेकजाच को लागी बल्कोट देखी आफै छत्रगन्ज जानु पर्नी भन्नी पनी सुनियो र छत्रदेव गाउँपालिका को वडा ४ मा पनि केही ब्याक्ति हरु जस्लाई १४ दिन को क्वारेनटाईन बसाई पछी र RDT पोजेटिभ आएता पनि केही दिनको लागी होम क्वारेनटाईन मा बस्न भनी घरमा पठाईएता पनी ति ब्याक्ति हरु होम क्वारेनटाईन मा नबसी गाउँमा डुल्दै हिडदै गरेको ले पछी यस्ले कतै पुरै गाउँमा असर गर्नी हैन भन्नी छत्रदेव गाउँपालिका को वडा नम्बर ४ का बासिन्दा को गुनासो पनि रहेको छ| तेसैले बेलैमा सबैको ध्यान जान जरुरी देखिन्छ | कोरोना संक्रमित दिन पर्ती दिन बढ्दो क्रममा रहेको तेसैलै क्वारेनटाईन मा बसेर आएका ब्याक्ति हरुले पनि आफै सोच्नु पर्नी देखिन्छ र यो बिसय मा छत्रदेव गाउँपालिका का जनप्रतिनिधि हरुको ध्यान आकर्षण होस 🙏

Leave a Reply

avatar
  Subscribe  
Notify of

Comment here