विचार

कोरोना डायरी; विद्यार्थी राजनीति र येसको आवश्यकता

कोरोना डायरी; विद्यार्थी राजनीति र येसको आवश्यकता बिद्यार्थी शब्द आफैमा बिशाल शब्द हो । यो शब्द लाई कुनै लेख , किताबले राम्रो संग व्याख्या गर्न सकेको जस्तो मलाई लाग्दैन । विद्यार्थी शब्दले कुनै उमेर योग्यता बिशेषलाई जनाउदैन् । यो मानिस जीवन को जन्म बाट मरण सम्म मानिस लाई जनाउने शब्द हो । बिद्यार्थीको अर्थ विद्या आर्जन गर्न व्यक्ति लाई जनाउछ। बिद्या शब्दले क्रान्ति , परिवर्तन र बिकाश पनि जनाउछ । ढुङ्गे युग देखि बिज्ञानको युग सम्मको परिवर्तनमा मानिसको साथी विद्या नै थियो , राणा काल र पञ्चायत काल बाट आजको लोकतान्त्रिक नेपाल सम्मको क्रान्ति बिद्याको नै क्रान्ति थियोे र दुबईको रातारातको बिकासको श्रेय पनि बिद्यालाई नै जान्छ। हुन त महान दार्शनिकहरुले व्याख्या गर्न नसकेको बिद्या लाई मैले गर्न खोज्नुले कुनै अर्थ राख्दैन । राजनीति शब्द सुन्दै नाक खुम्च्याउनु मेरो साथी अहिले राजनीतिले गर्द जागिर पाइन भन्दै हिन्छ , हुन त हो खराब राजनीतिले गर्दा धेरै सपना र आकांक्षाहरु मरेका छन तर येस्को मत्लब यो हैन कि राजनीति शब्द नै नकारात्मक शब्द हो ।
राज्य चलाउने निति हो राजनीति । राजनीतिले क्रान्ति बिद्रोह र आन्दोलन मात्र लाई जनाउदैन येस्ले शान्ति , सुशासन र समृधि लाई पनि जनाउछ। राजनीति नभएको भए आज गान्धी गान्धी हुन्थिनन् र बिशेश्वोर प्रसाद कोइराला, वि पि कोइराला हुन्थिनन् , त्यो भन्दा महत्त्वपूर्ण नेपाल नेपाल रहने थिएन । तर अहिलेको परिवेशमा हेर्न हो बने राजनीति कमाई गर्ने थलो र सुखमय जीवन बिताउने सजिलो उपाय को रुपमा मौलाएको छ । राजनीति गर्ने नेताहरु आफूलाई चिल्लो गाडी र महँगो कपडा देखिन रुचाउँछन्। यक यान येति को पार्टी र बिदेश को भ्रमण राजनीतीको केन्द्र बिन्दु भनेको छ। येहि कारण होला जोश, जागरमा बिश्वास गर्ने युवा विद्यार्थी हरु राजनीती प्रती आस्था नराख्ने र उनीहरु लाई यो राजनीति बुझ्न भन्दा त अष्ट्रेलिया र अमेरिकका जीवन बुझ्न सजिलो लाग्ने । मलाई अझै याद आउँछ कक्षा 7 मा पढेको बिपि कोइराला को भनाई “देशमा प्रजातन्त्र आएपछी मोटाघाटा ,सुकिला,मुकिला ,चिल्ला गाडी चढनेहरुको पार्टी भित्र हावी हुनेछन् । ” अनि सोचछु कस्तो दुरदर्शिता बि पि को । मानिसको चेताना पनि अचम्मको छ येसले कहिले पनि कुनै कुराको राम्रो पक्ष देख्न भन्दा आगाडी नराम्रो पक्ष देख्छ याद गर्नुहोस तपाईं कुनै कुरा गर्न जादै हुनुहुन्छ भने पहिला तेसको नकारात्मक पक्ष नै सोच्नु हुन्छ अनि बल्ल सकारात्मक पक्ष तर्फ लाग्नु हुन्छ । येहि हुनसक्छ नेपालीहरु को राजनीति प्रती को घटदाे आशा र बिश्वास । नेपालीहरु बिस्तारै अगाडि बढेको बिकास भन्दा सुरु नै नभएको बिकास लाई देख्छ्न। परिवर्तन एक्कै दिनमा हुदैन तर येस्को मत्लब यो हैन कि एउटा खाने पानी प्रोजेक्ट लाई 20 औ बर्ष लगाउने । अनि हामी येसको विरुद्धमा बोल्न डराउनु कस्ता , अाफैले रोजेको नेता संग आफै डराउनु पर्ने यो कस्तो लोकतन्त्र हो । येस कारणले राजनीति को यो अवस्था हुनुमा नेताको मात्र दोष छैन हामी जस्त अन्यय सहन सक्ने आम नेपाल को पनि छ 
अचम्म छ कक्षा 6 देखि व्यवस्थापिका कार्यपालिका र न्यायपालिका मात्र नभएर माओवाद र लेनिनवादका सिद्धांतहरु विद्यार्थीलाई सिकाइन्छ अनि तेहि विद्यार्थी जब स्नातक तहमा पुग्छ ,तब तेहि विद्यार्थीलाई राजनीति नगर बाबू राजनीति फोहोरी खेल हो भनेर सम्झैन्छ। कठै त्यो मानसिकता, जब राजनीति फोहोरी खेल नै हो भने येस लाई पाठ्यक्रममा किन समावेश गर्ने ? किन वादी शब्द त्यो कोमल दिमागलाई सिकाउने ? बुज्दै जाने हो भन्ने त प्राध्यापकहरुको पनि संघ र राज्नितिक संस्था हुदो रहेछ त,संघ हुनु नराम्रो होइन तर गुरुहरु संघमा भएर विद्यार्थी लाई संघमा नबस भन्नू नराम्रो हो। हुन त सबै विषयमा र संकाय किन राजनीती लाई छिराउने , राजनीति गर्न मन लगेका हरुले राजनिति शास्त्र पढे भैहल्यो नि भनेर तपाईलाई सोच आयो होला तर 18 बर्ष काटेपछी लोकतन्त्रमा मत हाल्नु पनि राज्नीती हो , मत नहाल्नु पनि राज्नीती हो र हाम्रो जीवनमा उपभोग हुने सामान, सुबिधा र प्रगती पनि राजनीति नै हो चाहेर होस या नचाहेर हामी राजनीति मा समाबेश हुनु पर्छ जब हामी कुनै कुरामा समाबेश हुन्छौ तब हाम्रो सङ्लग्नताले अर्थ राख्नु पर्छ। येहि कुरा लै मध्यनजर गर्दा हाम्रो जीवनमा राजनीति को ठुलो भुमिका छ जस्तो मलाई लाग्छ । तपाईं सोच्नु हुन्छ राजनीति गरे पढाईमा असर पर्छ तर ईन्डियाको नम्बर 1 युनिभर्सिटी जवाहरलाल नेहरू युनिभर्सिटीमा पनि राजनीति गरिन्छ र त्यो पनि पिएचडी गर्ने विद्यार्थीहरु ले अनि कन्हैया कुमार र शेहला रशीद जस्त नेता जन्मिन्छन राजनीतिले पढाईमा असर गर्दैन तर ग्रसित मानसिकताले गर्छ भन्ने कुरा हामी ले बुझ्नुपर्छ। तेसैले राजनीती कुन्नै विषय हैन र लोकतन्त्रमा राज्नीती सग हामी सबै बधिएका हुन्छौ । बर्तमान परिवेशमा हेर्ने हो विद्यार्थी राजनीतिमा क्रान्ति भन्दा शान्तिको आवश्यकता छ जस्तो मलाइ लाग्छ । तर अहिलेय को अवस्था ठ्याक्कै उल्टो छ । विद्यार्थी राजनीती परिवर्तन र बिकास भन्दा पनि चिया पसल को चियामा सिमित छ र एक अर्का संगको झडपमा सिमित छ। विद्यार्थी राजनीतिमा अहिले नेताका प्यारा र नेताका निकट लाई मात्र अवसर भएको देखिन्छ ।
परिवर्तन र शन्तीका कुरा गर्ने विद्यार्थी हरु त केबल कर्याकर्तामा सिमित छ। अनि कसरी गरुन त परिवर्तन ??? अभको समय विद्यार्थीहरु झडप चाकरीबाज र झगडा छोडेर शाैक्षिक मुद्दा लाई अंगालेर अघि बद्नु पर्छ । पढाईको गुणस्तर र शिक्षा को क्षेत्रमा रहेको माफियापन , कुरिती लगाएत सबै सम्स्याको बिरुध बिद्यार्थी बोल्न सक्नुपर्न वातावरण बनाउनु नै विद्यार्थी राज्नीती को मुख्य उद्देश्य हुनुपर्छ। विद्यार्थी राजनीति अभ गरिब किसानका छोराछोरी र ग्रामीण क्षेत्रका विद्यार्थी को शिक्षाको लागि हुनुपर्छ ना कि कुनै पद र मानको लागि । विद्यार्थी राज्नीती बिद्धालय ,कलेजमा राम्रो नीति र विद्या को स्तर को लागि हुनुपर्छ । विद्यार्थी नेता विद्यार्थी र प्रशासन बिच को पुल , सरकार र शिक्षा बीचको मध्यस्थकर्ता बन्नुपर्छ । अन्ततः म हजुरहरु लाई राजनीतिमा लाग्नुस भन्न त सक्दिन त्यो तपाईं को नैसर्गिक अधिकार हो तर म येति बन्न चान्छु कि अभ विद्यार्थी राजनीतिमा तपाईं हामी जस्ता युवाको भुमिकाले नेपाल को शिक्षा क्षेत्रमा आमूल परिवर्तन लाउने छ । अब राजनीति को नाम सुन्दा नाक नखुम्च्याउनुहोस तपाईं हामीले नै हो परिवर्तन लाउने येदि हामी यो बाट टाढा रहन्छौ भन्ने नेपाल को शिक्षामा कहिले सुधार आउदैन र हाम्रा सन्तति हरु लाई पनि येहि सम्स्यले ग्रसित बनाउने छ।
शाश्वत न्याैपाने
विद्यार्थी नेता
पोखरा बिश्वबिद्धालय

2
Leave a Reply

avatar
1 Comment threads
1 Thread replies
0 Followers
 
Most reacted comment
Hottest comment thread
2 Comment authors
SaswotGaurab Bhujel Recent comment authors
  Subscribe  
newest oldest most voted
Notify of
Gaurab Bhujel
Guest
Gaurab Bhujel

Garxa kto le

Saswot
Guest
Saswot

Ho ra bro 😁😁

Comment here