विचार

बृद्धभत्ता प्रचार र वास्तविकता !

नेपाल सरकारको निति अनुसार नेपालमा को अलि कम बूढो र को अलि बढी बूढो भन्ने जातको आधारमा छुटाएको पाइएको छ। जातको आधारमा बृद्धभत्ता दलितलाई ६० बर्ष कटेसी प्राप्त हुन्छ भने, जातकै आधारमा त्यहि बुढेसकालको भत्ता पाउन दलित बाहेक अन्यलाइ १० बर्ष बढी कुर्न पर्छ अर्थात ७० बर्ष । दलित समुदायलाई ६० बर्षमै किन बृद्धभत्ता दिइएको को भनेर कसैको प्रश्न हैन । तर अरुलाई बृद्व भत्ता पाउन किन ७० बर्ष कुरनुपर्ने ? यो प्रमुख प्रश्न हो ।

मृत्यु(सम्भाव्य्ता हेर्दा नेपालका अधिकाङ्ग्श नागरिकहरुको आयु लगभग ७० बर्ष छ । बृद्ध भत्ताको लागि ७० बर्ष उमेर पुग्नु पर्छ , कट्नु पर्छ तर अधिकतम मानिसहरुको उमेर नै ७० बर्ष छ र मृत्यु पनि सामन्यता ६०(७० बर्ष मै हुन्छ । कति बाचेर कहिले पाउने रु सरकार कुरो अलि नमिले जस्तो भएन भन्या ? किन यति च्तुर्याइ ?

दलित बाहेक अरु सबै जातको जनसंख्या हेर्दा लगभग जम्माको ८०५भन्दा माथि छन र तिनिहरु मध्ये ७० बर्ष सम्म वा बढी बाच्ने र बृद्व भत्ता पाउने त कम मात्रै हुन्छन् । यसरी सरासर हेर्दा यो सरकारले गरेको चर्को नाराबाजी मात्रै हो र यस्को कुनै अर्थ छैन । पहुँच नभएको ठाउँमा भत्ता त कर्मचारीले ल्वापै खान्छन् ,अनि का बाट हेर्छ सरकारले बुढेसकालमा ?
७० कटेसी पाएकै छ्न त डाटा हेर्नुस , बुढेसकालमा सरकारले हेरेकै छ त आदि भन्दै स्यालहरु उफ्रिनेछ्न अझ कतिको त चुनाबी नारा नै बृद्धभत्ता छ ।

बुढेसकालको उमेर कुन उमेरलाइ भन्नू सरकार रु सिदा सिदा बूढो हुनुभयो अब अनिवार्य अवकाश लिनु भनेर ६० बर्ष पछि कर्मचारी आदिलाई बिदा गर्ने अनि बुढेसकालमा प्रवेश गरेका ,६० बर्ष कटेका र ७०बर्ष नपुगेका अधिकाङ्स बुढा हरु लाइ चै खै बृद्धभत्तारु साचिकै भन्दा धेरै बुढा जनसंख्या ६०(७०का छ्न अनि ती मध्ये न काम न केहिगर्ने उमेर न त पेन्सन भएकालाई होनि बढी आवश्यक पर्ने भत्ता चाहिँ खै बुझेको ।

चर्को नारा गर्नु भन्दा ६० कटेसी भत्ता देउ न । पेन्सन भएकालाइ नदिए पनि फरक पर्दैन होला तर ६० कटेसि काम नपाएका दलित नभएकालाई चाहिँ के छरु मिले सम्म सबैलाई ६० बर्ष कटेसि भत्ता देउ सरकार ।

सबैले जिन्दगीभर काम गरेर पसिना(रगत बगाएर, बिदेश वा स्वदेशमा बसेर रेमिटेन्स र करले ६० बर्षसम्म देशको अर्थ धान्देका छ्न ,जिवनको उत्तिकै समय खर्चेका छ्न , कमसेकम बृद्व भत्तामा त कसैलाइ पाखा कसैलाइ काखा नगरिदेउ नछुटाई देऊ। बुढेसकालमा सरकारको आश गरेर बस्ने धेरै छन ।
चुनावि नारामा ४००० बृद्वलाई दिने भनेपछि पनि ७० बर्षसम्म बाच्नै पर्ने हो रु धेरे मान्छेको मृत्युु त ६०-७० बर्ष भित्रै हुन्छ , भनेसि कागजी भत्ताको के काम ?

प्रदिप पनेरु
बिद्यार्थी , पश्चिमाञ्चल इन्जिनियरिङ क्याम्पस

Leave a Reply

avatar
  Subscribe  
Notify of

Comment here