विचार

लकडाउन र विद्यार्थीको जीवन

सुविन अधिकारी

हालै बिश्वब्यापी रुप फैलिएको कोभिड-१९ का कारणले देशको अर्थतन्त्र,मानिस को जीवन मात्र नभई विद्यार्थीको जीवनमा समेत ठूलो असर पारेको छ।यस माहामारी ले विद्यार्थीको मनमा छुट्टै खालको त्रास उब्जाएको छ। सुरु हुनै लागेको एस.ई.ई परिक्षा रोकिनु र कक्षा ११ र १२ को परिक्षा तालिका लम्बिनु विद्यार्थीका लागि कुनै सानो कुरा होईन।अहिले को अवस्थामा कतिपय विद्यार्थीहरु परिक्षा हुने हो कि होईन भनेर मन भित्र भित्र डर उब्जाएर बसेका छन्।विभिन्न खबर र फेस्बुकका ग्रुपहरुमा परिक्षा हुँदैन भनेर झुटा खबर आएपनी शिक्षा मन्त्री गिरिराज मणि पोख्रेल ज्यु ले भने को परिक्षा एकै समयमा दुई सिफ्ट गरेर गरिने र त्यो एस.ई.ई र कक्षा १२ को परिक्षा सकिने बित्तिकै केही दिन को ग्याप राखेर कक्षा ११ को परिक्षा गरिने बताएका छन्। तर कतिपय कलेज हरुले कक्षा ११ को कोर्स नसकिएकाले लकडाउन खुलेको १ महिना भन्दा अगाडि त कुनै पनि हालत मा कक्षा ११ को परिक्षा सुरु हुन नसक्ने बताएका छन्।केही कलेज हरुले त आफ्नो बाकी रहेको कोर्स भर्चुअल कक्षा सन्चालन गरेर सकेका छन्।
म कक्षा ११ को विद्यार्थी,हालै पोखरा-१ बगर स्थित पोखरा.मा.वि मा अध्यन गरिरहेको छु।हाम्रो कलेजमा भने लकडाउन अघि नै सबै कोर्स सकिएको थियो र भर्चुअल कक्षा को माध्यम बाट रिभिजन पनि भैसकेको छ।लकडाउन भन्ने येस अघि सुनेको त थिए तर के हो भन्ने मैले पनि बुझेको थियिन।कोरोना ले मेरो पनि मन भित्र छुट्टै डर उब्जाएको छ। शिक्षा मन्त्रालयले जेठ को २१ गते बाट नयाँ भर्ना अभियान र असार १ गते बाट नयाँ सेसन सुरु गर्न आग्रह गरेतापनी देश्को अवस्था सामान्य नभएसम्म कक्षा सुरु गर्न नसकिने विद्यार्थी र अभिभावकको भनाई छ।यो अवस्था समान्य हुन अझै १५ दिन,१ महिना,२ महिना,६ महिना,१ बर्ष जति पनि लाग्न सक्छ। नेपालमा त बल्ल कोरोना को प्रकोप देखिन थालेको छ।अहिले त दिनहुँ २००/२५० भन्दा बडी संक्रमीत हरु फेला परेको खबर विभिन्न मिडिया हरु बाट सुन्ना मा आएको छ।
लकडाउनकै कारणले कतिपय विद्यार्थी र अन्य मानिस हरुले आफ्नो ज्यान गुमाईसकेका छन भने महिला र बाल बालिका प्रतीको हिंसा कम्ती भएको चाहिँ पक्कै छैन।अझ झन उनिहरुको पढाई त कहाँ हो कहाँ। कतिपय निजि विद्यालयहरुले भर्चुअल कक्षा बाट आफ्नो कक्षा-१ देखिको पढाइ सुरु गरिसकेका छन् भने कति निजि र सरकारि विधालयहरुले देशको अवस्था समान्य भएपछी कक्षा हरु सुरु गर्ने भनेर बसेका छन्।ईन्टरनेटको नजिक भएका विद्यार्थीहरुलाई भर्चुअल कक्षा फाइदा कै कुरा बनेको छ।तर धेरै विद्यार्थीहरु भने आफ्नो असुविधा का करण भर्चुअल कक्षा लिन पाएका छैनन्। भित्र भित्रै हेर्ने हो भने यस लकडाउनले बिद्यार्थीलाई असर मात्र नभई विद्यार्थीलाई फाइदा पनि गरेको पाइएको छ।आफ्नो मन हुँदा हुँदै पनि विशेष कारणले पढ्न नपाएका कतिपय विद्यार्थीहरु भने लकडाउनको मौका छोपी आफ्नो पढाईलाई एक मौका सम्झी निरन्तरता दिएका छन्।घरमा टेलिभिजन,रेडियो,मोबाइल हुने हरुका लागि त झन् नेपाल सरकारले टेलिभिजन,रेडियो,मोबाईलबाट नै पढाई सन्चालन मा ल्याएको छ।
कतिपय विद्यार्थीहरुलाई सहरमै कोठा भित्र बस्नु परेको छ,बाहिर निस्किन पाएका छैनन् र निस्किनु पनि उचित हैन।उनिहरु आफ्नो समय मिलाएर मोबाईल,ल्यापटप आदि का माध्यम बाट पढाई गरिरहेका छन् भने कतिपय विद्यार्थीहरु आफ्नो गाउँमा गएर आफ्नो समयको सदुपयोग गरेर पढ्ने र केही समय अफ्नो अभिभावकहरुलाई काममा सहयोग गरिरहेका छन्। यसो गर्दा उनिहरु आफैले काम सिक्ने र आफ्ना अभिभावकहरुलाई थोरै भएपनी सहयोग मिलेको छ। कुनै कुनै विद्यार्थीहरु भने आफ्नो आल्छीपना देखाएर लकडाउन खुलेसी परिक्षा सुरु हुने खबर पाएसी पढ्ने भनेका छन् तर पढ्ने परिक्षाको लागि मात्र हैन।तेसैले म सबै विद्यार्थीहरुलाई आल्छी नमानी पढाईमा ध्यान दिनुहुन आनुरोध गर्दछु। अत:यस कोभिड-१९ का कारणले विद्यार्थीको एक वर्षको पढाई त ढिला भएको छ र कतिपय मानिस हरुले आफ्नो ज्यान समेत गुमएका छन्।आफ्नो अमुल्य जीवन गुमाउने प्रती भावपूर्ण श्रद्धाञ्जली प्रकट गर्दै यस समस्याको चाडैं नै समाधान होस् र विद्यार्थीहरुले चाडैं नै आफ्नो पढाईलाई निरन्तरता दिनपाँउन भन्ने आपेक्षा राख्दछु।

Leave a Reply

avatar
  Subscribe  
Notify of

Comment here