साहित्य /कला

मेरो देश र कोराना –शोभा अधिकारी (कविता)

अग्ला हिमाल तथा नदीहरूको साथ,
प्रकृतिले भरिपूर्ण सुन्दर हाम्रो नेपाल
सोझा तथा गरिब जनता हरूलाई ठगी
गर्दै छन् नेताहरूले देशको व्यापार।

२o२o को सुरुवातसँगै
फैलियो कोरोना विश्वभर
आफ्नै देश सुरक्षित छैन यहाँ
खै कसको पर्नु र भर।

क्वारेन्टाईनमा बसेका छौँ
महामारी हट्ने आश बोकेर
आशै आशामा लाश बन्यौँ
रोयल क्वारेन्टाईनमा सर्पले टोकेर।

४ वटा मेसिन छन्
पि.सि.आर टेस्ट सार्है कम
आर. डि. टी टेस्टमा पनि
छैन केही दम।

कोरोनाले त बाँचिएला
ईश्वर माथि भर छ
भोकमरीले सखाप पार्ला
भन्ने निकै डर छ।

भ्रष्टाचारको उद्देश्य राखी
गर्यौ सरकार एम.सि.सि पास
लकडाउनको भोकमरीले मरेका
गरिबहरूको देखेनौ कहिल्यै लाश।

कोरोनाकै बहाना गरि
सरकारले धेरै नचायो
आएको थियो दस अर्ब
खै कहाँ लगेर पचायो।

१ करोड को कार्पेटले
सजायौ राष्ट्रपति अाफ्नो निवास
गरिबहरूले पाएका छैनन्
खानलाई मात्र १ गास।

हेर्दा त निकै सुन्दर छ
यो देशको प्रकृति र भेष
भ्रष्टाचारले सकिनै आँट्यो
कठै मेरो देश।

Leave a Reply

avatar
  Subscribe  
Notify of

Comment here