साहित्य /कला

नेपाली साहित्यमा अघी बढ्दै अश्मिता

कास्कीको नाउँडाडा स्थित फल्लापानी भन्ने ठाउँमा,एक मध्यम परिवारमा जन्म लिएकी अश्मिता आफ्नो ब्यक्तिगत जीवन सहित सामाजमा पनि राम्रो नाम कमाईरहेकी छन्।आफ्नो पढाईको क्रममा काठमाडौमा रहेकी उनी खेलकुद प्रती एकदमै रुचि राख्छिन र देशको एउटा असल आर्मी बनेर देशको रक्षा गर्छु भनेर निडर तपश्याका साथ आफ्नो जिम्मेवारीलाई काधमा बोकेर हिडेकी छन्।आफ्नो साहित्य प्रतीको रुचि,खेलकुद र पढाईलाई समेत लिएर आघी बडेकी अश्मिता विभिन्न लेखहरु लेख्ने र फेसबुकमा पनि पोस्ट गर्ने गरेकी छन्।
अश्मिता काठमाडौ स्थित सिग्मा कलेजमा कक्षा ११ मा बिज्ञान लिएर पढ्छिन।उनी भन्छिन पढाई सहित नयाँ नयाँ कविताहरु लेख्दै अघि बढ्छु र नेपाली साहित्यलाई ठुलो योगदान पुर्याउछु।उनी भन्छिन दाजु रोशन तिमिल्सिना र परिविक्रम बाट नै प्रेरित भएर कविता लेख्न थालेकी हु र अझै पनि उहाँहरुकै सहयोग मार्फत अघि बडिरहेकी छु।
मध्यम परिवारको एउटा गाउँमा छोरी बनेर जन्म लिई आफ्नो साहित्यिक रुचिलाई अघि बडाउन पाउँदा उनी आफुलाई निकै खुसी र गौरवसाली ठान्छिन्।कविताकै माध्यमबाट विभिन्न प्रतियोगितामा पुरस्कार र ट्राफिले सम्मानित हुन पाउँदा उनी निकै खुशी व्यक्त गर्छिन्।नयाँ नयाँ कविता लेखेर साहित्य क्षेत्रलाई अघाडी बडाउने बाचाका साथ अश्मिता अगाडि बडिरहेकि छन्।हामी उनको उज्ज्वल भविश्यको कामना गर्ने चाहान्छौ।
शिर्षक:-ए दैव
ए दैव
चिन्छस् मलाई ?
केही वर्ष अघि
एउटा दुःखको परिवारले
छोराको आगमन कुरी रहदा
छोरी बनाएर
जन्म दिएको थिइस?
आशावादीको आशा लुटेको थिइस
बाबुको थाप्लोमा ऋण थपिदिएको थिइस
आमाको अोठको हाँसो लुटिदिएको थिइस
दिदीका लागि भाइटिकाको टीका
फिक्का बनाईदिएको थिइस
चिन्छस मलाई ?
के चिन्थिस अहिले?
तैले सृजाना गर्दा
फेल खाएको मान्छे म।।
ए दैव
सम्झेकोछस् मलाई?
केही वर्ष अघि
नाङ्गो शरीर र
नाङ्गो मस्तिष्क दिलाएर
जन्म दिएको थिइस?
फाटेका लुगा,टालाटुली
धागोले सिलाएर
टालटुलपारी
ढाकेको शरीर र
गोडमेल,जलमोल नभएको
मरुभूमि मस्तिष्कमा लाखौं सपनाको पोको र
आशाको भकारी बोकाएको थिइस?
सम्झन्छस मलाई?
के सम्झिन्थिस अहिले?
तैले भाग्य नलेख्दै
मसि सक्केको मान्छे म।।
ए दैव
सुन्न सुन
मेरा सपना र जोसलाई
गरिबीले कुल्चियो
हार गुहारका आवाजहरु
मन भित्रै बन्द कोठामा
कुर्लिरहेका छन्
बल्लतल्ल
उमेरसँगै उभिएका मात्र के थिए
अभिर जात्रा बाजा गाजा बजाई
खुसीयाली मनाएछस्
मेरा सपना र जिम्मेवारी
मण्डपमा होमन गरी
सात फेरो लगाइ डाँडा कटाएछस्?
सुन्दैछस् मलाई?
के सुन्थिस मलाई?
त आफैले छोरीबनाई
ठगिएको मान्छे म।।
✍️अस्मि🙏🙏

Leave a Reply

avatar
  Subscribe  
Notify of

Comment here