साहित्य /कला

पनेरूको ‘सेतो याक’ सार्वजनिक

काठमाडौं : प्रशासक केदार पनेरूको ‘सेता याक’ उपन्यास सार्वजपनेरूको 'सेतो याक'  सार्वजनिक प्रकाशन गरेका हुन्। कर्मचारी जीवनमा रसुवा बस्दा देखेभोगेको परिस्थिति नियालेर पनेरूले यो उपन्यास लेखेका हुन्। पनेरूले भने, ‘सरुवा भएर रसुवा गएँ, त्यहाँको पनि विकट गाउँ पुग्दा यहाँको भूगोल, जनजीवन विशेष परिस्थितिको पाएँ। यसलाई न कवितामा कैद गर्न सकिन्थ्यो, न गीतमा। त्यही भएर उपन्यास लेखेको हुँ।’

आख्यानकार, साहित्यकार उमा सुवेदीले ‘सेतो याक’को टिप्पणी गर्दै विषयवस्तु र भाषा राम्रो भएको बताइन्। उनले भूकम्पमा तहसनहस भएको तामाङ बस्तीका महिलाको सबल पक्षलाई उपन्यासमा समेटिएको बताइन्। उपन्यासको समीक्षा गर्दै पूर्वअर्थमन्त्री एवं साहित्यकार शंकर कोइरालाले उपन्यासको प्रकृति र परिवेश रोचक रहेको बताए।

सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले उपन्यास विमोचन गरेका हुन्। मन्त्री पण्डितले कठिन, दबाबमूलक, तनावयुक्त अवस्थामा पनि समायोजनको काम सफल बनाउँदै उपन्याससमेत सिर्जना गर्न सकेको भन्दै लेखकको प्रशंसा गरे।

विमोचनमा मुख्य सचिव लोकदर्शन रेग्मी, लोकसेवा आयोगका सदस्य श्रीपुरुष ढकाल लगायतले ‘सेतो याक’ पढ्न थालेपछि छाड्न मन नलाग्ने बताए।

Leave a Reply

avatar
  Subscribe  
Notify of

Comment here