साहित्य /कला

प्रेन्शालाई शुभकामना सन्देश दिदै सुबिन

मात्र ८ बर्षकी प्रेन्शा रेग्मी,येति सानै उमेरमा समाजसेवामा खटिएकी उनी निकै उदाहरणीय कामहरु गर्दै आएकी छन् । कोरोनाको पहिलो उपचार नै मास्क हो भन्दै उनले कोरोना भाईरसको माहामारीलाई नियन्त्रण गर्नका लागि पोखराका विभिन्न ठाउँहरुमा गएर मास्कहरु बितरण गरेकी थिईन र आहिले पनि गर्दै आएकी छिन् ।
उनले यस माहामारिका बेला सबको घरमा चुलो बल्नु पर्छ र मानिसहरु रोगले भन्दा भोकले धेरै मर्नुहुदैन भनेर पोखरा-१७,बिरौटामा फुड बैंक स्थापना गरेकी थिईन।उनले तेहा सकिन्छ दिएर जाउ,सकिँदैन लिएर जाउ भनेर फुड बैंक स्थापना गरेकी हुन।उनले फुड बैंकमा नसड्ने खाधान्न जस्तै दाल,चामल,नुन,तेल आदि राखेर निशुल्क बितरण गरेकी छन् र उनको फुड बैंकमा अहिले पनि निशुल्क खाधान्नहरु पाईन्छ।
कसैको घरमा निरासा नछाओस,सबै मानिसहरुले दशैमा नयाँ नयाँ कपडा लगाउन पाउन भन्दै उनले क्लोथ बैंक(cloth bank)खोलेकी थिईन।उनले तेहा बच्चा देखि वृद्ध उमेरका मानिसहरुलाई मिल्ने कपडा राखेर निशुल्क बाडेकी थिईन।यस पालिको दशै आफुले पुरानै कपडामा मनएर अरु मनिसहरुलाई नयाँ कपडा बाड्न पाउँदा उनी निकै खुशी छिन्। प्रेन्शाले येति मात्र हैन,समाजमा बालबालिका,युवा र बृद्धहरुका लागि विभिन्न सन्देशमुलक काम हरु गरेकी छन्।
प्रेन्शाले येति सानै उमेरमा गरेको काम निकै नै उदाहरणीय छ र उनी आउँदा दिन हरुमा पनि समाजसेवामा लाग्छु भनेकी छन्। प्रेन्शालाई आउदै गरेको दिपावलिको शुभकामना दिदै आउदा दिन हरुमा आझै राम्रा राम्रा कामहरु गर्दै जानु भन्दै शुभकामना दिन चाहान्छु।

Leave a Reply

avatar
  Subscribe  
Notify of

Comment here