साहित्य /कला

पायल्सको मुख्य कारण कब्जियत

डा. विष्णु चापागाइँ

नेपालमा पछिल्लो समय पायल्स रोगबाट पीडित हुनेहरू बढिरहेका छन् । खानपिनको कारणले यो रोग लाग्ने गर्दछ । पायल्स भनेको दिसामा रगत जानु हो । जुन अवस्थामा दुख्ने भन्ने हुँदैन । दिसा गरिसकेपछि रगत जानुलाई हामी पायल्स भन्छौं । रगत जाँदा दुख्छ भने त्यो पायल्स होइन । दिसा गर्दा दुख्छ तर रगत जाँदा दुख्दैन । पायल्स थुप्रै कारणले गर्दा हुन्छ । मुख्य कारण कब्जियत हो । महिलाहरूलाई गर्भावस्थामा पनि पायल्स हुन्छ । गर्भावती भएको बेलामा नसाहरू थिचिन्छ जसले गर्दा कब्जियत हुन्छ । त्यसपछि मलद्वारको नसा फुटेर रगत पनि जान्छ ।
यसरी गरौं पायल्सको उपचार
पायल्सको उपचारका लागि सबैभन्दा पहिला रोगको अवस्था हेर्नुपर्छ । पायल्स २ किसिमको हुन्छ । मलद्वारको भित्री भागमा भयो भने त्यसलाई इन्टरनल हेमोराइट्स भनिन्छ । बाहिरी भागमा नसा पलाएको छ भने त्यो एक्स्टर्नल हेमोराइट्स हो, जुन छालाले ढाकिएको हुन्छ ।
पायल्सका ४ चरण हुन्छन् । ‘फस्र्ट डिग्री हेमोराइट्स’ को चरणमा रगत जाने हुन्छ तर केही निस्किँदैन ।
‘सेकेन्ड डिग्री हेमोराइट्स’ भयो भने दिसा गर्ने बेलामा रगत आउँछ र सँगै मासुको डल्लो बाहिर निस्किन्छ । दिसा गरिसकेपछि भित्र पस्छ ।
‘थर्ड डिग्री हमोराइटस’ दिसा गर्ने बेलामा बाहिर निस्केको मासु भित्र पठाउन ठेल्नु पर्ने हुन्छ ।
‘फोर्थ डिग्री हेमोराइट्स’ मा त्यो मासुको डल्लो बाहिरको बाहिरै रहन्छ ।
उपचार गर्दा बिरामीको पायल्स कुन डिग्रीमा छ भन्नेमा भर पर्छ । फस्र्ट र सेकेन्ड डिग्री हेमोराइट्सका लागि खानपानलाई नियन्त्रण गर्ने र कब्जियत हुन नदिने हो अथवा औषधि खाने हो भने ठिक हुन्छ ।
‘थर्ड र फोर्थ’ डिग्रीमा पुगेको छ भने अप्रेसन पनि गर्नु पर्ने हुन सक्छ ।
रगत गइरह्यो भयो भने ‘इमर्जेन्सी’ अप्रेसन गर्नुपर्छ । नशामा जाम भयो भने बिरामीलाई दुखाइ बढी हुन्छ, अप्रेसन नगरी हुन्न ।
लापरबाही नगरौं
लापर्बाही गर्यो भने जटिलता आउन सक्छ । रगत बढी जाने भएकाले रक्तअल्पताको खतरा हुन्छ । कहिले काहीँ संक्रमण समेत हुन्छ । मासुको डल्लो बाहिरको बाहिरै रह्यो भने त्यहाँ घाउ हुन्छ भने नशामा रगतसमेत जम्छ । यसले क्यान्सर भने गराउँदैन ।
खाने कुरामा विचार गरौं
धेरैजसो पायल्समा अप्रेसन गर्नु पर्दैन । यसको मुख्य कारण कब्जियत हो । त्यसैले दिसा साह्रो हुनबाट जोगाउनु पर्छ । मासुलगायतका धेरै प्रोटिन हुने खानेकुरा, पिरो, चिल्लो र मसलाले पनि कब्जियत गराउँछ । हरियो तरकारी, सागपात र बढी झोल खाने हो भने कब्जियत हुँदैन ।
यस्तो छ आयुर्वेदिक उपचार
पायल्सका लागि हामी पनि आयुर्वेदिक दबाइ सिफारिस गर्छौं । कब्जियत कसरी ठीक हुन्छ भनेर यो औषधि प्रयोग गरिन्छ । गाउँघरमा प्रयोग हुन इसबगोलले कब्जियत हुन दिँदैन । त्यो पद्दति जसले प्रयोग गरे पनि कब्जियत नै हटाउने हो । अप्रेसन गरे पनि पायल्स दोहोरिन सक्छ । अप्रेसन गर्दा जुन नसा सुन्निएको हुन्छ त्यसलाई बाँधेर निकाल्ने हो । तर कब्जियत भइरह्यो भने फेरि दोहोरिन सक्छ । ५÷६ वर्षसम्म हुँदैन तर खानामा ध्यान दिइएन भने फेरि दोहोरिन सक्छ । कतिपय अवस्थामा त दिसा नरोकिने समस्या पनि हुन सक्छ । थप जानकारीहरू
१. भोजन व्यवस्थाः पाइल्स भएकाहरूले तारे, भुटेको, अमिलो, पिरो, माछा, मासु, अण्डा, ध्यू, पनिर, मख्खन, र मैदाबाट बनेका वस्तुहरूको पहरेज गर्नुपर्दछ । नुन, खुर्सानी ज्यादा हालेको, बोटल तथा बट्टाबद्ध खाद्यान्नहरू जंगफूड तथा कार्बोनेटेड ड्रिंक्स (पेप्सी, कोक, मिरिन्डा) आदि अजिनामोटो र अन्य हानिकारक रसायनहरू हालेको खानेकुरा खानु हुँदैन् । चिया, कफी, इनर्जी ड्रिङ्क जस्ता उत्तेजक पेयको पनि परेज गर्नुपर्दछ ।
२. विहानको नास्तामा फलफूल लिने बाँनी बसाल्नुपर्छ । रातिको खानामा अन्नको सहभागिता नगराएको राम्रो हो । पाइल्स एक्टिभ र रक्तश्रावी छ भने सकभर अन्न नखाएर फलफूल र तरकारी मात्र सेवन गर्नुपर्छ । सकिन्छ भने केही दिन उपवास गरौं ।
३. मौसम अनुसारको फलफूलहरू जस्तै ःमौसम, सुन्तला, नास्पाती, खरबुजा, काँक्रो, आँप, सरिफा, बेल, बेलौती, मेवा, अंगुरित, मुङ्ग–चना–मेथी र भिजाएको छोकडालाई ताजा दहीसँग मिसाएर खानाले कब्जीयत कम हुन गई पाइल्समा पनि फाइदा पु¥याउछ ।
४. ठोस भोजन दिनको १ पटक मात्र भएको राम्रो हो । बिहानको भोजनमा रातो चामल, सामा, मकै, बजराको भात अथवा गहुँको दलिया, गहुँ, मकै, फापरको रोटी, काउली, बन्दा, लौका, तोरईको सब्जी विशेष समायोजन होस् । मास र खेसरी बाहेक बोक्रैसमेत पकाएको दालले पनि कब्जीयत तथा पाइल्सलाई राम्रो गर्दछ । बेलुकाको भोजनमा अन्नको सहभागिता नभएको राम्रो हो । सब्जी तथा तरकारीको सुप वा २५० ग्राम उमालेको सब्जीसँग ताजा मोहीमात्र खाँदा पाईल्समा राम्रो हुन्छ ।
५. गाई, बाख्रा, उँट वा घोडाको दूध विहान नास्तापछि र सुत्नु भन्दा अगाडि सेवन गर्नु फाइदाकारक छ । भैँसीको दूध तथा दूग्ध परिकार पाइल्सका लागि राम्रो होइन ।
६. चिकु (सपोटा), केरा, स्याउ, अंकुर, लिची जस्ता फलहरूले कब्जीयत तथा पाइल्समा राम्रो गर्दैन । आलु, पिडाँलु, तरुल, सुठोनी, भण्टा, चुकन्दर, ओल, सिमलतरुल, राजमा, सेतो चना, मास, भटमास जस्ता कन्दमुल तथा दहलनहरूको प्रयोग नितान्त बर्जित छ ।
व्यायम व्यवस्थापनः अंग व्यायम, रिढ व्यायम, सिथिलिकरण व्यायम, प्राप्त भ्रमण जस्ता हल्का व्यायम विधीहरू पाइल्सका लागि अत्यन्त आवश्यक व्यायमहरू हुन् । कब्ज हुन नदिनका लागि अग्निसार, कपालभाती, विपरितकरणी जस्ता क्रिया विधि पवनमुक्तासन, ताडासन, त्रियकताडासन, उतित्थपादासन, मान्डुकासन, ससकासन, भुजङ्कासन, सर्वाङ्गासन, बज्रासन, सुप्तबज्रासन, धनुरासन र सर्वासन जस्ता आसन विधि जालन्धर, उड्यान र मूलबन्ध जस्ता बन्ध विधि अश्वनी, ज्ञान र चिनमय जस्ता मुदा विधि सितली, सितकारी, भ्रमरी जस्ता स्वासन विधि एनिमा (बस्ती) लघु तथा गुरू शंख प्रक्षालन जस्ता सोधन विधिको नियमित अभ्यास गरिरहनु पर्दछ । पाइल्स भएको खण्डमा रक्तश्राव नरोकिउनजेल र घाँउ तथा पीडा कम नहुनजेल कुनै पनि योग विधि गर्नु हुँदैन । रक्तश्राव रोकिएपछि यथासम्भव यी विधिहरू अपनाउनु पर्ने हुन्छ ।
प्राकृतिक उपचारः
१. पाइल्स रोगलाई ठिक गर्नका लागि आद्राहरूमा कुपित भएर बसेको मललाई निकाल्न नितान्त आवश्यक छ । यसका लागि बिरामीलाई ३ देखि ७ दिनसम्मको थैरापिटिक उपवासमा राख्नुपर्दछ । उपवासका फलफूलको जुस, मह तथा कागती पानी आदि प्रशस्त दिनुपर्दछ । उपवास गरिसके पछि १०÷१५ दिनसम्म फलाहार वा साग सब्जी मात्र सेवन गराउनुपर्छ ।
२. बिहान बेलुका २–३ वटा भिजाएको अंजीर खाने र भिजाउन प्रयोज गरेको पानी पिउनाले यो रोगमा फाइदा पुग्दछ ।
३. त्रिफला चूर्ण, इसकगोलको झुसी, पञ्चसकार चूर्ण जस्ता औषधि राति सुत्ने बेलामा १÷१ चम्चा दूध वा तातो पानीसँग खानाले कब्जीयतमा राम्रो गर्दछ ।
४. केही दिनसम्म सख्खरमा बेलको गुदी मिलाएर खादा पनि पाईल्स ठिक हुन मद्दत गर्छ ।
५. रक्तश्राव भइरहेको अवस्था छ भने वरफले गुदा मालिस गर्नुपर्छ ।
६. रक्तश्राव नभएको अवस्थामा भने तातो कटी स्नान (ठूलो खड्कुलो, बाटा अथवा ताउतोमा सहन सक्ने तातो पानी हालेर २० मिनेट जति बस्ने) उपचार लिनुपर्छ ।
७. मल त्याग पश्चात गुदालाई राम्ररी धोई तातोपानीले सक्ने गर्नुपर्छ । आन्तरिक घाउहरूमा एण्टी सेप्टिक क्रिम या क्षारीय मल्हम लगाउनुपर्छ । मासुका गिर्खा बाहिरै आएको खण्डमा ग्लिसरिन र एप्सम साल्ट मिसाएर लेप बनाई लगाएर पट्टि बाँधी दिनुपर्छ ।
८. भेस्लिनसँग कपुर मिलाएर मासुको गिर्खा गिर्खामा लगाए पनि यो रोगमा फाइदा पु¥याउँछ ।
९. रक्तश्राव नभएको खण्डमा साधा पानीको एनीमा लिनुपर्छ । तत्पश्चात कटिस्नान वा मेहनस्नान गर्नुपर्छ । दिनको २ पल्ट माटोको पेडू पट्टि लगाउनाले पनि यो रोग निको हुन सहयोग गर्छ ।
१०. पाइल्स भएर मासुका गिर्खा बाहिर आइरहेका छन् भने खुकुलो खालको कट्टु लगाउनुपर्छ । दुखाई वा चिलाइ ज्यादा भएमा बरफ पानीमा सुती कपडा भिजाएर लगौटी जस्तो बनाएर लगाउनुपर्छ ।
११. यति गर्दा पनि पाइल्स निको नभए आर्युर्वेदिय क्षारसूत्र, एलोपेथिक रबर ब्यान्ड लाइगेसन, इन्डोस्कोपिक स्क्लेरोथेरापी वा बढेको मासुका गिर्खा सुकाउने इन्जेक्सन अथवा सजर्री (अपरेसन) गर्नुपर्ने हुन्छ ।
सावधानी तथा बच्ने उपायहरूः
१. मलको त्यागको क्रमलाई नियमति तथा सामान्य गर्नु कब्जीयत तथा पाइल्स निवारणको पहिलो आयाम हो । तसर्थ यसकारण बिहान बेलुका नियमित रूपमा निश्चित समयमा शौच जाने गरौँ ।
२. दिनमा कमसेकम ३–४ लीटर पानी पिउने गर्दा खानामा मसिनो–मिठो भन्दा खस्स्रो–मोटो वस्तुहरूको समायोजन पाइल्सका लागि फाइदादायक छ । अतः रेसा र चोकर युक्त खाद्यपदार्थ सागसब्जी फलफूल, सलाद खाने बानी बसालौं ।
३. लामो समय सम्म कुर्सीमा बसि रहने नगरांै । बस्नै पर्ने भए पनि ३०–३० मिनेटको अन्तरमा आसन परिवर्तन गर्ने गरौँ ।
४. ज्यादा भारी वस्तु उठाउँदा सावधानी अपनाऔँ । विशेषतः भारी वस्तु उठाउँदा पेटमा बल पार्नुहँुदैन ।
५. गर्भावस्था, कलेजोको रोग, आन्द्राको रोग, पारकिनसन रोग, थाईराईडिजम, जस्ता विशेष रोगावस्था भएकाहरूले सावधानी अपनाऔं ।
६. श्रम तथा व्यायामलाई दिनचर्याको अभिन्न अंग बनाऔँ । मानसिक तनावलाई बेलैमा व्यावस्थित गरौं ।
७. गरिष्ठ भोजनको सेवन नगरौं ।
८. मध्यपान, धुम्रपान र अन्य नसालु पदार्थहरूको सेवन नगरौं । मानसिक तथा समस्या स्नायुका समस्या अन्तः श्रावी ग्रन्थीका रोगको दवाई खाँदा सावधानी अपनाऔँ ।
(लेखक चापागाइँ पोखरा–१०, ईन्द्रचोकस्थित आरोग्यधाम होमियोप्याथिक अस्पतालका सञ्चालक हुन् ।)

Leave a Reply

avatar
  Subscribe  
Notify of

Comment here