अभिनन्दन बजिमय
श्री भैरव सास्कृतिक संरक्षण समिति र लायन्स कलब अफ पोखरा भैरव को आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
पोखरा महानगरपालिका वडा नं २ भैरवटोलस्थित श्री १२ भैरव मन्दिरको प्राङ्गणमा आयोजित कार्यक्रममा ६५ जनाले रक्तदान गरेका छन् । सो कार्यक्रममा लायन्स क्लब ईन्टरनेस्नल डिष्टिक ३२५ के नेपालको डिष्टिक गर्भनर राजेन्द्र कुमार बाटाजु प्रमुख अतिथि थिए ।
उक्त रक्तदान कार्यक्रममा १२ भैरव समितिका सदस्य स्थानीयवासी, युवा, समाजसेवी, बुद्धिजीवीलगायत उपस्थित रहेका कार्यक्रमका सभापति सुकदेव गौतमले जनाकारी दिए ।
कार्यक्रममा बोल्दै श्री भैरव सास्कृतिक संरक्षण समितिका अध्यक्ष कृष्ण बहादुर प्रधानांकले रक्तदान अन्यन्त पुण्यको काम रहेको र रक्तदानबाट व्यक्तिलाई दोहोरो फाइदा हुने बताए । उनले शरीरमा नष्ट भएर जाने रगत दान गर्दा शरीर स्फूर्त हुने र रक्तदान नगर्नेको तुलनामा रक्तदान गर्ने व्यक्ति शारीरिक रूपले पनि स्वस्थ रहने अध्ययनले देखाएको बताए । आवश्यक परेको व्यक्तिलाई रगतदानबाट रोगीले नयाँ जीवन पाउँछ हुनाले रक्तदान नै संसारको सबैभन्दा ठूलो धर्म र सेवा भएको जानकारी दिए ।
दुर्घटनामा परेका व्यक्तिको उपचार एव अन्य रोगहरुको आकस्मिक शल्यक्रिया गर्नका लागि आवश्यक रगतको अभाव भइरहेको बताइएको र सामान्य दिनमा समेत कुनै ठूलो दुर्घटना हुँदा रगतको माग धान्न मुस्किल पर्ने गरेकोले रक्तदान कायक्रम आयोजना गरिएको कार्यक्रम संचालक एवं लायन्स कलब अफ पोखरा भैरवका पुर्व अध्यक्ष एवं डिष्ट्रिक ३२५ के नेपालका बल्ड डोनेशन चिफ श्री कृष्ण कतिलाले जानकारी दिए ।
आधुनिक चिकित्सामा जतिसुकै विकास भएपनि हालसम्म रगत कृत्रिम तरिकाले बनाउन सकिएको छैन। त्यसैले आवश्यक व्यक्तिलाई रगत दिनुपरेमा रक्तदान नै एकमात्र उपाय भएको समाजसेवी लायन रमेश बाटाजुले बताए । उनले मानव शरीरमा पुरानो रगतको क्षय हुने प्रक्रिया नियमितरूपमा भइरहन्छ। त्यसैले त्यत्तिकै खेर जाने रगत नियमित रक्तदान गर्दा केही फरक पर्दैन अर्थात् कुनै हानी नहुने जनकारी समेत दिए ।
अहिले रक्तदान गर्ने क्रम घटेको छ भने अस्पताल बिरामीले खचाखच भरिएको छ । तत्काल शल्यक्रिया गर्नुपर्ने अवस्थामा, सुत्केरी, क्यान्सर र मुटुका रोगीलाई बढी मात्रामा रगतको आवश्यक्ता पर्छ । त्यसो त रक्तदान अभियान जारी रहँदा मनकारी व्यक्तिहरुले स्वतस्फूर्त रुपमै रक्तदान गरिरहेको अवस्था थियो ।
रक्तदान कस्ता व्यक्तिले गर्ने ?
रक्तदान गर्ने व्यक्तिको उमेर १८ देखि ६० वर्ष हुनुपर्छ भने रक्तदाताको तौल ४५ किलोग्राम माथिको हुनुपर्छ।
रक्तदातामा मलेरिया ९औंलो०, कुनै प्रकारको यौनरोग, जन्डिस, चिनी रोग, एड्स, क्षयरोग लागेको हुनुहुँदैन। रक्तदान गर्दा रक्सी वा अन्य कुनै
लागूपदार्थ सेवन गरेको हुनुहुँदैन।
त्यसैगरी रक्तदाताले पछिल्लो तीन महिना रक्तदान नगरेको हुनुपर्छ।
गर्भवती, स्तनपान गराइरहेकी ९सुत्केरीको ६ महिनासम्म०, महिनावरी भइरहेकाले पनि रक्तदान गर्नुहुँदैन। रक्तदान गर्ने बेलामा रक्तदाताको शरीरमा हेमोग्लोबिनको मात्रा १० प्रतिशतभन्दा कम हुनुहुँदैन। रक्सी सेवनको २४ घण्टाभित्र रक्तदान गर्नुहुँदैन।
एकपटकमा केवल ३५० मिलिलिटर मात्र निकाल्ने गरिन्छ। जुन कुल तौलको २०औं भाग मात्र हो। रक्तदान गरेपछिको २४ घण्टाभित्र शरीरको तरल भागले भए पनि परिपूर्ति गर्छ।
यसरी संकलित रगत ब्लड बैंकमा ३–४ सातासम्म सुरक्षित राख्न सकिन्छ।
रक्तदान गर्नु तीन घण्टाअगाडि पोषिलो खाना खानु राम्रो हुन्छ। त्यसैगरी रक्तदान गरेपछि खाजा तथा जुस खुवाउने चलन राम्रो हो।
रक्तदान सम्बन्धी कतिपय गलत धारणा व्याप्त छ। यदि झोलिलो तथा पौष्टिक खानेकुरा खाएमा रक्तदानपछि कुनै थकाइ लाग्दैन। रक्तदानकै कारणले रगत कम हुँदैन।
रक्तदान गरेपछि के फाइदा हुन्छर ?
हामीले गरेको रक्तदान कुनै सङ्घरसंस्थाको लागि नभएर हाम्रो समाजमा मरणावस्थामा रहेका बिरामीहरूको लागि हो। हाम्रो शरीरको रगतको केही अंशले कुनै बिरामीले नयाँ जीवन प्राप्त गर्छ भने यो नै संसारको सबैभन्दा ठूलो धर्म र सेवा हो। त्यसैले सबैभन्दा ठूलो उपलब्धि र आत्मसन्तोष रक्तदान गर्नु हो।
साथै रक्तदाताहरूलाई रक्तसञ्चार सेवासंग आबद्ध सङ्घ–संस्थाहरूले विभिन्न तरिकाबाट सम्मान गर्दछन् भने रक्तदान नगर्नेको तुलनामा रक्तदान गर्ने व्यक्तिहरू शारिरीक रूपले पनि स्वस्थ रहेको शोध कार्यबाट पाइएको छ।
।
Photos: @ https://www.facebook.com/machhapuchhremedianetwork/posts/pfbid0Z1PcT8NQoHc8QNjWdwZks2ZQJTEiCEiW3TYPvshiVtFFSvcZcFTr7rv95sckPXRDl