अनेरास्ववियू पृथ्वीनारायण क्याम्पस द्वारा संविधान दिवसको अबसरमा दिप प्रज्वलन कार्यक्रम सम्पन्न भएको छ ।
सो कार्यक्रमको प्रमुख अतिथि अनेरास्ववियू केन्द्रीय उप–महासचिव राजन शर्मा पराजुली रहेका थिए ।
कार्यक्रममा बोल्दै नेता बज्रराज अधिकारीले २०७२ असोज ३ गते नेपाली जनताहरुको बलिदान पुर्ण संघर्षबाट प्राप्त नेपालको संविधान विश्वकै उत्कृष्ट संविधान भएको बताए । साथै उनले नेपालको संविधानले जनताको मौलिक अधिकार, नागरिक तथा प्रेस स्वतन्त्रता, कानुनीराज्यको व्यवस्था गरेको र संविधानमा नै आधार मानेर देशलाई संवृद्धिको बाटोमा अघि बढाउदै समाजवाद तिर अगाडी बढिरहेको बताए । साथै उनले केपी ओलीले दुई पटक संसद विघटन गरेर संविधान लाई पटक पटक चिरहरण आरोप समेत लगाए । साथै उनले अहिलेका प्रतिगामी तथा दक्षिण शक्त्तिहरुलाई प्ररात्त गरेमात्र नेपालमा अहिले प्राप्त गरेको संघिय लोकतान्त्रीक गणतन्त्रात्मक नेपालले धर्म निरुपक्षता र संघियता जोगाउदै यो देशलाई समाजबादमा लाग्ने हुनाले कलम चिन्हमा भोट हाल्न आग्रह गरे ।
कार्यक्रममा बोल्दै अनेरास्ववियू पिएन मुल ईकाई समितिका कोषाध्यक्ष कल्पना सुवेदीले
नेपालको संविधानको आठौँ वार्षिकोत्सवको शुभ अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गरिन। आफैबाट निर्वाचित प्रतिनिधिहरूबाट तर्जुमा भएको संविधानबाट मात्र शासित हुने नेपाली जनताको सात दशक लामो चाहना यसै संविधान मार्फत पूरा भएको उनले बताईन ।
साथै उनले आठौँ संविधान दिवसको अवसरमा यो संविधान हासिल गर्न आफ्नो जीवन उत्सर्ग गर्ने महान शहीदहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्नुका साथै बेपत्ता, घाइते, अपाङ्ग योद्धाहरूप्रति उच्च सम्मान व्यक्त गरिन । साथै जनयुद्ध, ऐतिहासिक जनआन्दोलन, मधेशी, आदिवासी जनजाति र विभिन्न समुदायका संघर्षमा सहभागी सबैप्रति आभार प्रकट समेत गरिन ।