• September 27, 2022 12:10 am

क्याम्पस गेटअघि ट्राफिक नियम पालना गराउन अनेरास्ववियुले राख्यो बोर्ड

Byadmin

Sep 23, 2022

पोखरा । पृथ्वीनारायण क्याम्पसको गेट अगाडी सार्वजनिक बसहरूलाई ट्राफिक नियम पालना गराउन ध्यानाकर्षण गराउँदै अनेरास्ववियुले सचेतनामूलक बोर्ड राखेको छ ।

गेट अगाडि रहेको जेब्रा क्रसिङ्गमा जथाभावी बसहरु रोक्ने कार्यले विद्यार्थी र अन्य सर्वसाधारणलाई बाटो काट्न असजिलो बनाएको भन्दै अनेरास्ववियु क्याम्पस कमिटिले बोर्ड राखेको हो । नियम पालना गर्न सम्बन्धित निकायले ध्यान नदिएकाेले बस सञ्चालक समितिलाई कार्यालयमै गएर ध्यानाकर्षण समेत गराएको अनेरास्ववियु क्याम्पस कमिटी उपाध्यक्ष विशाल भण्डारीले बताए ।

भण्डारीले सबै विद्यार्थी तथा बस व्यवसायीहरुलाई ट्राफिक नियमको पालना गर्न अनुरोध समेत गरे । बोर्ड निर्माण कार्य भण्डारीको संयोजकत्वमा भएको अनेरास्ववियु क्याम्पस कमिटीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published.