Friday, September 22, 2023
HomeGeneralसमाज सेवी विकल शेरचन मुस्ताङ २ बाट चुनाव भिडदै

समाज सेवी विकल शेरचन मुस्ताङ २ बाट चुनाव भिडदै

समाजसेवाी बिकल शेरचनले प्रदेश (ख) तर्फ प्रतक्ष उम्मेदवारी दिएका छन् । तरुणदलका केन्द्रिय महादिवेन प्रतिनिधि एवं नेपाली काँग्रेस जिल्ला सचिवको समेत जिम्मेवारी सम्हाल्दै आएका विकल शेरचनले कोरोनाको बेलामा दिगो तथा उत्थानसित समाजकालागि हिमाली पहल नामक संस्थाको माध्यमबाट विभिन्न संघ संस्था सँग सहकार्यगरेर मुस्ताङमा लगभग २ करोडको सेनिटाइजर, ईन्सुलेटर लगायताका मेडिकल तथा अन्य सामग्री भित्राएर मुस्ताङवासीलाई ठुलो राहत दिन सफल भएका थिए ।

शेरचन १० वर्ष कोरीया बसी स्वदेशमै केही गर्नु पर्छ भनेर नेपाल फर्किएका थिए । उनले कोरियामा समेत जनसम्र्पक समिति बनाएर आफु क्षेत्रिय सभापतिको जिम्मेवरीमा थिए । उनले आफु कोरियामा रहदा समेत विभिन्न पटक गरी लाखौँ रकम स्वदेशमा विकासकालागि पठाएका थिए । लामो समय विदेशमा बसेरपनि विगत ३ वर्ष देखि भने स्वदेशमै पर्यटन व्यसायमा थकाली संलग्न छन् ।


जिल्ला अधिवेशन बाट पार्टी सचिब भएर स्थानिय निर्वाचनमा अर्ग मोर्चामा रहि सक्रिएताका साथ लागेका शेरचन थकाली युवा परिवारको केन्द्रिय सचिव पनि हुनुको साथै आदिवासी जनजाति युवा महासंघको केन्द्रिय सदस्यको जिम्मेवारीमा समेत छन । उनको स्थाई घर घरपजोङ गाउँपालिका जोमसोम रहेको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments