• November 30, 2022 10:11 am

सविना श्रेष्ठ पोखरा आउदै

Byadmin

Nov 5, 2022

धुलीखेल अस्पतालकी सुन्दर नर्स, सविना श्रेष्ठ पोखरा आउने भएकी छिन । स्रोतका अनुसार उनी यसै साता मंगलवार वा बुधवार सम्ममा पोखरा आउने छिन ।

सहकर्मी सविना ध्वजू र अरुना सँग पोखरा आउन लागेकी श्रेष्ठको मर्दी हिमाल ट्रेकमा पदयात्रा जाने योजना रहेको छ ।

मर्दी हिमाल ट्रेक माछपुच्छ्रे हिमाललाई नजिकबाट अवलोकन गर्न निकै प्रख्यात पदयात्रा हो । पोखराबाट दुई दिनमै ३५५० मिटर उचाईमा रहेको हाई क्याम्प पुगिन्छ । त्यहीबाट माछापुच्छ्रे हिमाल माछाको पुच्छर जस्तो आकारमा छ्याङ्ग देखिन्छ ।

सन् २०१२ बाट औपचारिक रूपमा शुरू भएको मर्दी हिमालको आधार शिविरसम्मको पदयात्रा पछिल्ला वर्षमा छोटो पदयात्रा गर्न खोज्नेमाझ निकै चर्चित बनेको छ। मर्दी हिमाल पदयात्रामा निस्किए । हरेक दिन २०० देखि ५०० सम्म पर्यटक भ्यू पोइन्ट पुग्ने र, मर्दीसँगै अन्नपूर्ण हिमशृंखलालाई नजिकबाट नियालेर फर्किन्छन ।

पछिल्ला वर्षहरूमा पर्यटकीय मौसममा कुनै मेलाभन्दा कम भीड हुँदैन मर्दी हिमालको काखमा । चाँदीजस्तै टलक्क टल्किएका माछापुच्छ्रे, मर्दी, अन्नपूर्ण साउथ, गङ्गापूर्णजस्ता हिमाललाई एक साथ अवलोकन गर्दै पदयात्रा गर्नुको छुट्टै महत्व रहेको पदयात्रीहरुको अनुभव छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *