• November 30, 2022 10:18 am

सत्यसाई केन्द्र सिमलचौरद्वारा ४८ युनिट रगत संकलन

Byadmin

Nov 18, 2022

पोखरा । सत्य साई बाबाको ९७ औं जन्मोत्सवको उपलक्ष्यमा श्री सत्य साइ सेवा संगठन नेपाल, श्री सत्य साइ प्रदेश समिति ४ अन्तरगत श्री सत्य साइ सेवा संगठन सिमल चौर केन्द्र पोखराको आयोजनामा शुक्रबार खुल्ला रक्तदान कार्यक्रममा ४८ युनिट रगत संकलन भएको छ ।

कार्यक्रममा प्रमुख अतिथि सत्य साइ सेवा सेवा संगठन सिमलचौरकेन्द्रका सल्लाहकार तथा रोटरी क्लब अफ पोखरा अन्नपूर्ण का २२÷२३ का प्रेसिडेण्ट ईलेक्ट तोय बहादुर भट्टराईले दिप प्रज्ज्वलन गरी कार्यक्रमको उद्घाटन गर्दै रक्तदानको महत्वको वारे वोलेका थिए ।

सो अवसरमा संस्थाका पदाधिकारी तथा सल्लाहकारहरुले रक्तदाताहरुलाइृ प्रमाणपत्र वितरण गरेका थिए ।

कार्यक्रममा उपाध्यक्ष कमला भट्टराईले स्वागत मन्तब्य राखेकी थिईन भने उक्त कार्यक्रममा आध्यात्मिक संयोजक, सेवा संयोजक, शिक्षा संयोजक, महिला संयोजक, युवा संयोजक नव आगन्तुक संयोजक तथा सदस्यहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।

कार्यक्रम संयोजक अनिता रंजितले सहयोगी तथा रक्तदाताहरुलाई धन्यबाद दिएकी थिइन ।

श्री सत्य साई केन्द्र सिमलचौर पोखराकी अध्यक्ष अम्बि श्रेष्ठ मल्लको अध्यक्षतामा भएको कार्यक्रमको संचालन क्षेत्र नं. ४ की उपाध्यक्ष तथा सिमलचौर केन्द्रको महिलला संयोजक प्रेमा गिरीले गरेकी थिइन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *