परिचय बचत तथा ऋण सहकारी संस्था लिमटेडको दसौं साधारण सभा पोखरा को सहिद पार्क मा सम्पन्न भएको छ।
पोखरा मनपा का सहकारी समिति का अध्यक्ष रविरमण तिवारी को प्रमुख आतिथ्यता सम्पन्न भएको थियो। प्रमुख अथिति तिवारी ले बोल्दै सहकारी ले हाम्रो जीवन मा प्रत्यक्ष प्रभाव पारेको छ संस्था उठाउने नै सदस्य हरुले नै हो। राष्ट् घाटा मा भए पनि विदेश मा मुद्रा गए पनि सहकारी ले जनता को जीविका देखि व्यवसाय मौलाएको बताए।
सहकारी का अधक्ष्य दीपक तिमिल्सिना ले सहकारी आर्थिक विकासमा मेरुदण्ड रुपमा रहेको अहिले च्याउ जस्तै सहाकारी स्थापना भयर निक्षेप संकलन तथा कर्जा सापटी दिन पनि गार्हो भएको ले पनि सहकारीहरु एकीकरण आवस्यक भएको बताए उनले सदस्यहरू बाट सल्लाह सुझाबको आशा गरेको बताए। स्वागत मन्तव्य राख्दै संस्थाका उपाध्यक्ष यदुनाथ बञ्जाराले सदस्य ज्यू हरु को साथ सहयोग भयर नै १० वर्ष सम्म आउन सफल भयौं अब मिलेर अझै माथि सम्म यस संस्था लाई लिएर जाने र नेपाल को नम्बर एक सहकारी बनाउने दृढ बेक्त गर्नु भयो र सबै सदस्य कर्मचारी र सहयोगी हरु लाई धन्यवाद वेक्त गर्नु भयो । जिल्ला सहकारी संघ का उपाध्यक्ष अम्बिका गौतमले सहकारी लाई अगाडि बढाउन लाई शेयर सदस्य को मुख्य भुमिका हुने र शेयर सदस्य हरुले नै संस्थाको रेखदेख गर्न र सुझाव दिएर मात्र सहकारी अगाडि बढ्ने बताइन्।
संस्थामा हाल ४२२ शेयर सदस्य रहेको छ र आउँदो वर्ष मा ५५० शेयर सदस्य बनाउने लक्ष्य संस्था को रहेको छ
उक्त कार्यक्रममा कोषाध्यक्ष उमा सापकोटाले आर्थिक प्रतिवेदन पेश गरेकी थिइन् भने कार्यक्रम सञ्चालन संस्थाका सचिव बलराम बडलले गर्नु भएको थियो।