२४औँ माछापुच्छ«े फुलकन्ट्याक्ट कराँते प्रतियोगिता तथा सुबेदार मेजर धनबहादुर गुरुङ स्मृति कप २०७९ यहि माघ १ गते पोखरा १७ महत गौँडा ढुङ्गेसाँगुमा गरिने भएको छ ।
स्ट्रोङ्गगेष्ट क्योकुशिन काईकान कराँते आइके ओके सोनोदा ग्रुप नेपाल पोखराको आयोजनामा हुन गइरहेको प्रतियोगितामा पुरुष तथा महिलाहरुको बिच बिभिन्न् तौल समुहको बिचमा खेल प्रतियोगिता हुने छ । खेलकुद स्वास्थ्यको लागि अनि राष्ट्रको लागी आवश्यक भन्ने उद्देश्य बोकी खेलकुदको बिकाशनै देशको बिकाश हो भन्ने सन्देश प्रभाह गर्ने उद्देश्यले हरेक वर्ष मागे संक्रान्तिको दिन ढुङ्गेसाँघुमा खेलको आयोजना गरिने कुरा नेपाल क्योकुशिन कराँते संघ कास्कीका अध्यक्ष कृष्णबहादुर नेपालीले बताए ।
बिगत २३ वर्ष देखि निरन्तर रुपमा कराँते प्रतियोगिताका साथै विविध साँस्कृतिक कार्यक्रमको आयोजना गर्दै आएको र युवा जनशतिmमा फैलिएको दुब्र्यसनी कुलता लाई निरुत्साहित गर्न र पोखरालाई खेलकुद पर्यटन मैत्री शहरको रुपमा बिकाश गर्नुको साथै ढुङ्गेसाँघुको पहिचान देश बिदेश सम्म पु¥याउने लक्ष्यका साथ यो प्रतियोगिता गरिने गरेको कुरा संघका प्रथम उपाध्यक्ष तथा कार्यक्रम संयोजक रत्नबहादुर आलेमगरले उल्लेख गरे