Friday, September 22, 2023
HomeGeneralपोखराको चिडियाखाना अब छिटै सर्वसाधारणका लागि खुल्ला गरिने

पोखराको चिडियाखाना अब छिटै सर्वसाधारणका लागि खुल्ला गरिने

पोखराको चिडियाखाना अब छिटै सर्वसाधारणका लागि खुल्ला गरिने भएको छ । यी पुस महिनाको अन्त्य वा माघ महिन भित्र टिकटको ब्यवस्था गरि खोल्ने तयारी भएको डिभिजन वन कास्कीका प्रमुख केदार बरालले जानकारी दिनुभयो ।

पुर्वामा रुपा ताल, दक्षिणमा चैनपुर(सिताको फाँट , पश्चिममा किमबेशी(खुदी र उत्तरमा पचभैयासम्म रहेको चिडियाखाना १३४ हेक्टर क्षेत्रफलमा फैलिएको छ । यसगरी पोखरा महानगरपालिकाको तीन वटा वडा ३०,३१ र ३२ का पचभैया सामुदायिक वन, चैनपुर चायापानी सामुदायिक वन र चिसाकुना सामुदायिक वन गरि तिनवटा सामुदायिक वन पर्दछन । यिनै सामुदायिक वनउपभोक्त समितिबाट यस केन्द्रको ब्यवस्थापन समिति निर्माण गरिएको छ । चिडियाखाना डिभिजन वन कार्यालय कास्कीको मातहत ब्यवस्थापन समितिले सन्चालन गर्ने छ । हाल पोखरा प्राणी उद्धानरबन्यजन्तु उद्वार केन्द्रमा भएका बन्यजन्तु ब्यवस्थापन समितिको रेखदेखमा रहेकोले समितिले सन्चालन गर्ने प्रमुख बरालले बताउनुभयो ।
चिडियाखानामा अहिले बीस प्रजातिका ६७ जनावर रहेका छन ।

बन्यजन्तुको स्थानान्तरण

पोखरा प्राणी उद्धानरबन्यजन्तु उद्वार केन्द्रमा भएका बन्यजन्तुलाई स्थानान्तरण गरिएको छ । आज केन्द्रमा भएको निल गाई,चित्तल र रतुवा मृगलाई चिडियाखानामा स्थानान्तरण गरिएको हो । डिभिजन बन कार्यालय कास्कीले राष्ट्रिय प्रकृति संरक्षण कोष चितवनको प्राविधिक टोलिको सहयोगमा स्थानान्तरण गरेको डिभिजन बन कार्यालय कास्कीका सुचना अधिकारी शालिकराम पराजुलीले जानकारी दिनुभयो ।
केन्द्रमा बिरामी बन्यजन्तुलाई राख्ने , भेटेनरी डाक्टरले औषधि उपचार गरि स्वस्थ भएपछि पुन प्राकृतिक वासस्थानमा छोड्ने हुदा चिडियाखाना जस्तो स्थायी रुपले जनावर राखिदैन।

जनावरको शारीरिक बनावट बढेसंगै हाल राख्दै गरेको ठाउँबाट अन्यत्र सार्नु परेको जिल्ला बन कार्यालय कास्कीका प्रमुख केदार बरालले बताउनु भयो ।
आज स्थानान्तरण गरिएको निल गाई ३ महिनाको र चित्तल ८ महिनाको बच्चा २०७२ पुस २८ गते चितावनको शंकर नगरबाट ल्याइएको थियो ।

कार्यालयले यस बर्षमा चितुवा,बन बिरालो ,ठूलो निर बिरालो , चरी बाग, निल गाइ, चित्तल, रतुवा मृग लगाएतका जनावरलाई स्थानान्तरण गरेको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments