राजपुर गाउँपालिका गंगदि, दाङ
” थर्ड आई नेपाल ” को आयोजनामा राजपुर गाउँपालिकाको समन्वयन र सहयोग मिति २०८० वैशाख २५ गते बाट सञ्चालन भएको ” महिलाहरुको लागि आत्मसुरक्षा ” भन्ने कार्यक्रम २०८० वैशाख ३१ गते सम्पन्न भएको छ ।
बलात्कार र महिला हिँसा जस्ता घटनाहरू नघाटोस् भन्ने मूल उदेश्यका साथ यो जनचेतना कार्यकम राजपुर गाउँपालिकाका अध्यक्ष श्री शरद कुमार बुढाथोकी ज्यू को प्रमुख आतिथ्यमा र राजपुर गाउँपालिकाकै उपाध्यक्ष श्रीमती धनपति देवी यादव ज्यू, प्रमुख प्रशासकीय अधिकृत श्री विष्णु प्रसाद पाण्डेय ज्यू र विभिन्न माध्यमिक विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष तथा प्रधान अध्यापक ज्यू हरुको विशिष्ठ आतिथ्यमा कार्यक्रम उद्दघाटन र समापन भएको जानकारी संस्थाका सचिव सन्तोष लामिछानेले बताउनु भएको छ ।
श्री साधारण नमूना माध्यमिक विद्यालय , गंगदिमा उदघाटन भई श्री जनज्योति माध्यमिक विद्यालय, बेलामा समापन भएको जानकारी संस्थाका कोषाध्यक्ष रेशम नेपालीले बताउनु भएको छ । कार्यक्रम राजपुर गाउँपालिकाको आठै वटा माध्यमिक विद्यालयमा सञ्चालन गरिएको जसमा प्रतक्ष्य रुपमा ७ कक्षा देखि १२ कक्षामा अध्ययनरत ४५६ किशोरी हरुको उपस्थितिमा यो कार्यक्रम गरिएको संस्थाका अध्यक्ष बसन्त गिरीले बताउनु भएको छ ।
कार्यक्रममा सहभागी भएका विद्यालयहरू र छात्रा हरुलाई सम्मान पत्र तथा प्रमाण पत्र पनि वितरण गरिएको कार्यक्रम सञ्चालक शरद भण्डारीले बताउनु भएको छ |