सगरमाथा जतिको उचाईमा पुग्न सकु त भन्दिन, तर जीवनमा तेति माथी पुग्न सकु जहाबाट हेर्दा पुरा संसार देखियोस्।
मलाई सबै कुराको ज्ञान होस त भन्दिन, तर आदर्श र ब्यवारिक्ताका कुरामा कोहि भन्दा पछाडी रहन नपरोस् ।
सारा सांसार जित्न सकु त म भन्दिन, तर जिवनमा कसैसँग हार्न नपरोस् ।
सारा जगतले मलाई चिनोस त भन्दिन, तर कसैले चिन्छ कि भनेर मुख छोप्दै हिड्न नपरोस् ।
सफलता नै सफलता अङ्गगाल्न सकु त भन्दिन, तर आफ्नो जिवनबाट बिफलता हटाउन सकु।
जिवनमा सबैलाई सुखको साथी बनाउन सकु त भन्दिन, तर निर्जीव र अबोला कुराहरूलाई एकान्तको साथी बनाउन सकु।
सबैलाई खुशी पार्न सकु त भन्दिन, तर कसैको चुहिएको मन टाल्न सकु।
उपन्यास, कथा, कविता लेखेर अरुको मन जित्न सकु त भन्दिन, तर आफुलाई मन लागेका कुराहरु कागजमा लेखेर पान्ना भर्न सकु।
जिवनमा धोका, ठक्कर र हार खान नपरोस् त भन्दिन, तर जति ठक्कर खएपनी दृढतापुर्वक बाच्न सकु, जति लडेपनी उठ्न सकु, जति गिरेपनी सम्हालिन सकु।
मेरो कुराले सबैको जीवन रंगाउन सकु त भन्दिन, तर चाहानेहरुलाई प्रेरणा र हौसला दिईरहन सकु।