Friday, September 22, 2023
Homeखेलकुदपोखरामा ओलम्पियन पूर्नमिलन तथा अ‍ेलम्पियन सम्मान कार्यक्रम हुने

पोखरामा ओलम्पियन पूर्नमिलन तथा अ‍ेलम्पियन सम्मान कार्यक्रम हुने

पोखरा
पोखरा महानगरपालिकाको खेलकुद विकास समिति र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ, कास्कीको समन्वयमा जेष्ठ १९ देखि २१ गते सम्म ओलम्पियन पूर्नमिलन तथा अ‍ेलम्पियन सम्मान कार्यक्रम हुने भएको हो । जेठ २० गते बिहान प्रभातफेरी तथा साझ गण्डकी प्रदेशका मुख्य मन्त्री सुरेन्द्रराज पाण्डको मुख्य अतिथ्यतामा पूर्नमिलन तथा सम्मा कार्यक्रम हने छ भने जेठ २१ गते संघको वार्षिक साधारण सभा र ओलम्पियनहरुको अन्तरक्रिया कार्यक्रम समेत हुन भएको छ ।
कार्यक्रममा सन् १८६४ देखि २०२० सम्म भएको ओलिम्पिकमा देशको प्रतिनिधित्व गर्ने ओलम्पियनहरुलाई एकै थलोमा सहभागी गराउन विभिन्न कार्यक्रम गर्ने उद्देश्यका साथ पूर्नमिलन कार्यक्रम आयोजना गर्न लागिएको छ ।

नेपालले पहिलो पटक सन् १९६४ मा जापानको टोकियो ओलम्पिकबाट औपचारिक रुपमा ओलम्पिकमा

सहभागिताता जनाउन सुरु गरेको इतिहास छ । सन् १९६३ मा नेपालले अन्तर्राष्ट्रिय ओलम्पिक

काउन्सिल (आइओसी) को सदस्यता प्राप्त गरेको थियो ।

झण्डै ६ दशकको अन्तरालमा ५० जना नेपाली खेलाडीले ग्रिष्म (८८ जना( र शितकालिन ओलम्पिक (२ जना) मा सहभागिता जनाएको तथ्याङ छ । त्यसमध्ये १० जना स्वर्गिय भइसकेको छ । । केहि ओलम्पियनहरु भने विदेशमा रहेका छन् ।

सर्भिस टु सोसाइटी, सर्भिस टु ओलम्पियन भन्ने नाराका साथ विश्वभरका ग्रिष्म र शितकालिन ओलम्पियनहरुको छाता संगठनका रूपमा विश्व ओलम्पियन संघको स्थापना भएको थियो । सोही संघमा सदस्य राष्ट्रका रुपमा नेपाल ओलम्पियन्स संघको गठन भएको थियो । खेल जीवनपछि पनि विभिन्न कार्यक्रममार्फत सामाजिक काममा आवद्ध हुन ओलम्पियनहरुलाई अभिप्रेरित गर्ने उद्देश्यका साथ पुर्नमिलनलगायत अन्य कार्यक्रमको आयोजना लागिएको बताईएको छ ।

कार्यक्रमको स्थानिय व्यवस्थापनका लागि पोखरा महानगरपालिका खेलकुद विकास समितिका अध्यक्ष दीपक गोदारको संयोजकत्वमा १३ सदस्यीय समन्वय समिति तथा ५ सदस्यीय सल्लाहकार समिति गरिसकिएको छ ।

कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद, गण्डकी प्रदेश, पोखरा महानगरपालिकत, प्रदेश खेलकुद विकास परिषद्, गण्डकीको विशेष सहयोग रेको छ। पोखरामा आयोजना हुने

ओलम्पियन पूर्नमिलन कार्यक्रमलाई केल्मी र नेपाल टेलिकमले मुख्य प्रायोजन गरेका छन् । त्यस्तै

प्रायोजकमा जिमी ग्रुप, मोतीदान कन्स्ट्रक्सन, सिद्धार्थ बैंक, नबिल बैंक, रहेका छन् । राइका दुर्स एन्ड

ट्रेक्स, नेपाल लिक्वर्स प्रा।ली।, एनआरएस स्पोर्टस फाउन्डेसन, क्षमादेवी ग्रुप र स्पोर्टस युनिभर्सको

कार्यक्रममा सहयोग रहेको छ । हस्पिटालिटी पार्टनरका रुपमां वर पिपल रिसोर्ट, होटल बाराही, व होटल

लेकसाइड, होटल बुटिक पोखरा, होटल किग्स पोखरा छन् ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments