अभिनन्दन बजिमय
पोखरा, १८ जेठ
नेपाल सुटिङसंघ गण्डकी प्रदेशको तदर्थ समिति गठन भएको छ । सो समिति, नेपाल शुटिंग संघको प्रतिनिधि एवं ओलम्पीयन भगवती खत्रीको संयोजन तथा गण्डकी प्रदेश प्रतिनिधि ऋषिराम गौतमको उपस्थितिमा गठन भएको हो । प्रदेश खेलकुद परिषदको सभाहलमा सम्पन्न सो कार्यक्रममा गण्डकी प्रदेश अन्तरगतका पाँच जिल्लाहरु (कास्की, म्याग्दी, पर्वत र स्याङजा, बाग्लुङ)को प्रतिनिधिहरु एवं खेलाडीहरुको उपथिति रहेको थियो ।
उक्त समितिमा सदस्यहरुमा भगवती खत्री (बाग्लुङ) राम नारायण श्रेष्ठ (कास्की), गोपाल के.सी. (म्याग्दी), सन्दिप गाहा (पर्वत), खम्वा गुरुङ (स्याङजा), राजु श्रेष्ठ (कास्की), आशिक राजभण्डारी (बाग्लुङ), सुर्य बहादुर थापा (स्याङजा) र लक्ष्मी साही (पर्वत) रहेका छन् ।350694512_935682490980207_1543718926872034635_n (1).jpg