Wednesday, February 21, 2024
HomeGeneralसंजालद्वारा रक्तदान र नृत्य प्रतियोगिता सम्पन्न

संजालद्वारा रक्तदान र नृत्य प्रतियोगिता सम्पन्न

पोखरा २४ कास्कीकोटका युवाहरूको संस्था हाम्रो कास्कीकोट युवा संजालले आइतबार रक्तदान र एकल सांस्कृतिक नृत्य प्रतियोगिता आयोजना गरि आफ्नो सातौं वार्षिकोत्सव मनाएको छ । रक्तदान कार्यक्रममा कुल २७ युनिट रगत संकलन भएको रक्तदान कार्यक्रमका संयोजक तिर्थ राज अधिकारीले जानकारी दिए ।

त्यसैगरी एकल सांस्कृतिक नृत्य प्रतियोगितामा कुल २२ प्रतियोगीले भाग लिएको नृत्य प्रतियोगिता कार्यक्रमका सह-संयोजक सुर्य भट्टराईले जानकारी दिए । उक्त नृत्य प्रतियोगितामा करुणा अधिकारी प्रथम नेन्सी परियार द्वितीय र प्रमिला अधिकारीले तृतीय स्थान हासिल गरेका थिए ।

प्रथम द्वितीय र तृतीय हुनेलाई प्रमाणपत्रको साथमा क्रमशः नगद सात हजार, पाँच हजार र तीन हजार रुपैयाँ पुरस्कार प्रदान गरिएको थियो । हाम्रो कास्कीकोट युवा संजालले स्थापनाकालदेखि नै विविध सामाजिक एवं रचनात्मक कार्यक्रम गर्दै आईरहेको र आगामी दिनमा पनि यस किसिमका कार्यक्रमलाई निरन्तरता दिईने संजालका संयोजक (अध्यक्ष) विशाल तिमिल्सिनाले जानकारी दिए ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments