Thursday, June 13, 2024
HomeGeneralपिएन क्याम्पस अगाडि झडप हुदाँ बिद्यार्थि डेक पुन गम्भीर घाइते

पिएन क्याम्पस अगाडि झडप हुदाँ बिद्यार्थि डेक पुन गम्भीर घाइते

पोखरा १० पुस पोखराको पृथ्वीनारायण क्याम्पस अगाडी आयोजित विरोध सभामा झडप हुदाँ एक जना बिद्याथी घाइते भएका छन् ।

नेपाल सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले क्रिश्चियन धर्म नमान्नेहरु लाई संबिधान विरोधीको संज्ञा दिंदै तिनलाई जेल हाल्ने जस्तो गैरजिम्मेवार अभिव्यक्ति दिएको भन्दै सोमवार पोखराको पृथ्वीनारायण क्याम्पस अगाडी आयोजित विरोध कार्यक्रममा प्रहरी आक्रामक बनेर कुटपीटमा उत्रिंदा एक जना विधार्थी गम्भीर घाईते बन्न पुगेका थिए ।

झडपमा परि नेविसंघका नेता तथा नेपाल मगर विद्यार्थी संघ गण्डकीका अध्यक्ष डेक पुन गम्भीर घाइते भएको उनको टाउकोको पछाडि भागमा गम्भीर चोट लागेको छ । हाल उनको अवस्था खतरामुक्त रहेको छ । यस विषयमा नेपाली कांग्रेस समेत गम्भीर बन्नुपर्ने विधार्थीहरुको भनाई छ ।

बिरोध प्रदर्शनमा नेविसंघका केन्द्रीय सदस्यहरु संजय आले, निर्दोष विक्रम पौडेल पृथ्वीनारायण क्याम्पस नेविसंघका सभापती शुसिल न्यौपाने कास्कीका नेता असिम सुवेदी पृथ्वीनारायण क्याम्पसका उपसभापति ऋषिकेश चालिसे जनपृय क्याम्पसका का.बा. सभापति सुदर्शन पङेनी लगायतले आआफ्नो भनाई राख्दै सरकारको मन्त्रीले नै जथाभावी बोल्ने र नेपालीहरुबिचको सामाजिक एवं धार्मिक सद्भाव बिगारेर देशलाई द्वन्द्वमा लैजान खोजेको भन्दै आलोचना गरेका थिए ।

यसैबीच नेविसंघले घटनाको निन्दा गरेको छ । नेबिसङ पृथ्वीनारायण क्याम्पस मुल इकाइ सभापति सुशील न्यौपानेले जनताको सुरक्षा गर्ने प्रहरीले नै ढुंगा हानेर नेविसंघका नेतालाई घाइते बनाउनु दुःखद् भएको बताए । उनले प्रधानमन्त्रीले मन्त्री सुदन किराँतीलाई पदबाट नहटाएसम्म आन्दोलन निरन्तर जारी रहने चेतावनी दिए । यस विषयमा कास्की प्रहरीले भने विद्यार्थीहरुकै पक्षबाट प्रहार भएको ढुंगा लागेर पुन घाइते भएको दावी गरेको छ। कास्की प्रहरी प्रवक्ता श्रवणकुमार विकले भने, ‘उहाँहरु राँके जुलुस निकाल्दै हुनुहुन्थ्यो । प्रहरीले उहाँहरुलाई सीमित ठाउँमा मात्रै आन्दोलन गर्न दिन लाग्दा उहाँहरुले ढुंगा हान्न थाल्नुभो । एकै छिन झडपजस्तो भयो बिकले जनाए ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments