Wednesday, February 21, 2024
HomeGeneralनेवाः ल्याम्ह पुचः कास्कीको रक्तदान कार्यक्रममा ५२ युनिट रक्त संकलन

नेवाः ल्याम्ह पुचः कास्कीको रक्तदान कार्यक्रममा ५२ युनिट रक्त संकलन

नेवाः ल्याम्ह पुचः कास्कीको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
सो कार्यक्रममा० मा ५२ युनिट रगत संकलन भएको छ्र । कार्यक्रममा स्वागत मन्तव्य पुचःका प्रथम उपाध्यक्ष श्री सुरेश कुमार श्रेष्ठले राखेका थिए । सो कार्यक्रममा पहिलो रक्तदान पुचःका कोषाध्यक्ष जिवन मर्सानीले गरे ।

अध्यक्ष विनित जोजिजु को सभाध्यक्षता रहेको कार्यक्रमका प्रमुख अतिथि पोमनपा–११ का वडा अध्यक्ष प्रेम प्रसाद कर्माचार्य, विशेष अतिथि पोमनपा–९ का वडा सदस्य श्री गिता चर्मकार , विशेष अतिथि नेवा खल कास्कीका अध्यक्ष श्री अशोक पालिखे , अतिथिहरू नेवाः ल्याम्ह पुचः कास्कीका संस्थापक अध्यक्ष राम बहादुर रजक, निवर्तमान अध्यक्ष मधुसुदन जोशी, नेवाः पत्रकार पुचः का अध्यक्ष अनिशा श्रेष्ठ, नेपाल स्वंयसेवी रक्तदाता समाज कास्की शाखा अध्यक्ष दिपेन्द्र अधिकारी, लगायतका उपस्थीती रहेको थियो ।


कार्यक्रममा बोल्दै पुचःका महासचिव रोशन मानन्धरले रक्त संचार केन्द्र प्रमुख अर्जुन ज्ञवाली, नेवाः ल्याम्ह पुच ः कास्कीका पदाधिकारी सदस्यहरू, महेन्द्रपुल ल्याम्ह पुचः, रामकृष्ण टोल ल्याम्ह पुचः, सम्पुर्ण रक्तदाता हरू, प्राविधिक टोली, सहयोगी दाताहरू लगायत कार्यक्रम सफल बनाउन सहयोग गर्नु हुने सबै सबैमा हार्दिक धन्यवाद व्यक्त गरे ।

कार्यक्रममा बोल्दै अध्यक्ष विनित जोजिजुले पोखरामा रगत अभाव भएको र विरामीको अपरेसन र रगत कम भएकाहरुका लागि आवश्यक पर्ने रगत अभाव लाई न्युनिकरण गर्ने विश्वास व्यक्ति गरे । हाल पोखरामादैनिक ८० युनिट हाराहारी रगत खपत हुन्छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments