Thursday, June 13, 2024
HomeGeneralने का पोखरा – २९को नववर्ष शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

ने का पोखरा – २९को नववर्ष शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

नेपाली कांग्रेस, पोखरा महानगरपालिका वडा नंं. २९ द्वारा आयोजित नव वर्ष २०८१ सालको पावन अवसरमा शुभकामना आदान–प्रदान कार्यक्रम मिति २०८० साल चैत्र २८ गते, बुधबारका दिनमा गरियो ।

उक्त कार्यक्रमका सभापतित्व यसै वडाका सभापति दिपक मणी भण्डारी, प्रमुख अतिथि प्रजातन्त्र सेनानी भोजराज भण्डारी बुबा, विशिष्ट अतिथि नेपाली कांग्रेस, कास्की जिल्ला उपसभापति रामबाबु भण्डारी लगायत पार्टीका विभिन्न तह र तप्कामा रहनुभएका महानुभावहरुको उपस्थिती रह्यो ।

कार्यक्रममको शुभकामना मन्तव्य सभापतिले दिनुभयो साथै सम्पूर्ण उपस्थित महानुभावहरुले क्रम अनुसार नयाँ वर्षको शुभेक्षा सम्पूर्ण माझ साटासाट गर्नुभयो साथै पार्टीलाई नयाँ वर्षको आगमन सहित अझै थप मजबुत र सशक्त बनाउने अभिलाषा प्रकट गर्नुभएको छ । कार्यक्रममा विशिष्ट अतिथिले नयाँ वर्षको शुभकामना सहित प्रजातान्त्रिक पार्टीमा चुनावी अभ्यासमा हार जित जे भएपनि पार्टीको बिचार सधै उच्च राख्नु पर्छ भन्नुभयो । प्रमुख अतिथिले शुभकामना मन्तव्यमा सु–स्वास्थ्य, दिर्घायु एवं उत्तरोत्तर प्रगतीको कामना गर्दै बि.पी. का बिचार “राम्रो मान्छे भन्दा पनि असल मान्छे बन्नुपर्छ” भनेर उपस्थित सम्पूर्ण सँग खुशी साट्नुभयो । कार्यक्रमको समापन वडाका उप–सभापति चिन बहादुर गुरुङले गर्नुभएको थियो । कार्यक्रम उद्घोषक यसै वडाका सचिव निशान्त ढकालले गर्नुभएको थियो ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments