Thursday, June 13, 2024
HomeGeneralमादीमा पञ्चाङ्ग ज्योतिष कर्मकाण्ड प्रशिक्षण सम्पन्न

मादीमा पञ्चाङ्ग ज्योतिष कर्मकाण्ड प्रशिक्षण सम्पन्न

पोखरा बैशाख ११
कास्कीको मादी गाउँपालिका वडा ५ चितेपानीमा गाउँपालिका स्तरीय पञ्चाङ्ग ज्योतिष कर्मकाण्डको तथा सस्कृत भाषको दोस्रो चरणको प्रशिक्षण कार्यक्रम समापन भएको छ ।
२०८० चैत २३ गते बाट सुरु भएको कार्यक्रम २०८१ बैशाख ११ गते समापन भएको कार्यक्रम संयोजक एबम समितिका अध्यक्ष इमनाथ अधिकारीले जानकारी दिनुभयो ।
उक्त कार्यक्रममा मादी गाउँपालिका र पोखरा २८ बाट गरि ३९ जनाले भाग लिइएका थिए ।
कार्यक्रममा दैनिक प्रशिक्षण लिने ३४ जनाले प्रमाणपत्र लिइएका छन् ।
कार्यक्रमा प्रमुख प्रशिक्षको रुपमा हरि किरण न्यौपानेले कर्मकाण्ड र नारायण प्रसाद सुवेदीले ज्योतिष बिषयको बारेमा सहजीकरण गर्नुभएको थियो ।
समापन कार्यक्रमका प्रमुख अतिथि मादी गाउँपालिकाका प्रमुख एब्म पञ्चाङ कर्मकाण्डका संरक्षक देवीजङ गुरुङले प्रशिक्षण अवधी कम भएको हुदा सिकाई उपलब्धी बढाउन अर्को चरणको कार्यक्रम पनि आवश्यक देखिएको बताउनुभयो । उहाँले यो कार्यक्रम लाई निरन्तरता दिनको लागि गाउँपालिकाले सक्दो सहायोग गर्ने प्रबिद्धता ब्यक्त गर्नुभयो ।
कार्यक्रममा मादी गाउँपालिका वडा ५ का वडा अध्यक्ष होमनाथ अधिकारी,वडा नम्बर ४ का वडा अध्यक्ष शिव सापकोटा, जनप्रतिनिधि सुजनबाबु अधिकारी, महिला सदश्य पार्वाती रानामगर समाज सेवी टिकाराम सापकोटा लगाएतले कार्यक्रमको औचित्यको बारेमा प्रकास पार्नुभएको थियो ।
समितिका सचिव रुद्र अधिकारीले सञ्चालन गरेको कार्यक्रममा समितिका सदश्य रेशम ढकालले स्वागत मन्तब्य राख्नुभएको थियो भने प्रशिक्षकको तर्फबाट रामचन्द्र अधिकारी र नमोकन्त तिमिल्सेनाले आफ्नो भनाई राख्नु भएको थियो

Previous article
Next article
RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments