Tuesday, November 5, 2024

नेविसंघ कास्कीद्वारा सहकारी ठगी विरुद्ध ध्यानाकर्षण सहित बिरोध प्रदशन ।

नेपाल विद्यार्थी संघ केन्द्रिय कार्य समिति को परिपत्र अनुसार, नेपाल विद्यार्थी संघ कास्की जिल्ला कार्य समितिको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय कास्की मार्फत नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्री परिषद्को कार्यालयलाई विभिन्न माग राखी सहकारी ठगी विरुद्ध कामकारबाही गर्ने मग गदै ज्ञापनपत्र बु बुझाइएको छ ।
साङ्केतिक विरोध स्वरुप जिल्ला प्रशासन कार्यलय अगाडी प्याम्पलेट प्रदर्सन समेत गरिएको थियो ।

सहकारी बचतकर्ताहरुको बचत फिर्ता गराउन, सहकारीको समस्यालाई दिगो रुपमा समाधान गर्न र सहकारीको रकम दुरुपयोग गरि अपचलन गर्ने सहकारी ठगहरुलाई छानविनको दायरामा ल्याई कानुनी कारबाही गर्न माग ने वि संघको रहेको छ ।
सहकारी ठगीमा संलग्न सहकारी सँस्था, सदस्य र सम्बन्धित व्यक्तिहरुलाई कानुनको दायरामा ल्याउन तत्काल निष्पक्ष संसदीय छानविन समिति गठन गर्न नेवि संघले माग गरेको छ ।

विद्यार्थी केन्द्रित आवश्यक परिमार्जन एंव संशोधन सहित विद्यालय शिक्षा विधेयक – २०८० तत्काल लागु गर्न र उच्च शिक्षामा अध्ययन तथा अनुसन्धान गर्ने अवसर उपलब्ध गराई प्रतिस्पर्धाको आधारमा उच्च शिक्षाको गुणस्तर अभिवृद्धि गरी देशको शैक्षिक तथा प्राज्ञिक क्षेत्रलाई अझ बढी गुणस्तरीय, मर्यादित र उपलब्धिमूलक बनाउन र विश्वविद्यालय तथा उच्च शिक्षण संस्थाको स्थापना, सञ्चालन, नियमन र व्यवस्थापन सम्बन्धी कार्यलाई सहजीकरण र व्यवस्थित गर्नको लागि विश्वविद्यालय छाता ऐन सम्बन्धी विधेयक तत्काल प्रतिनिधि सभामा प्रस्तुत समेत ने वि संघले माग गरेको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments