Wednesday, July 24, 2024
Homeखेलकुदरत्नश्री जिमका सुजन थापा बने मिस्टर गण्डकी

रत्नश्री जिमका सुजन थापा बने मिस्टर गण्डकी

प्रदेश खेलकुद परिषद गण्डकीको आयोजनामा शनिबार सम्पन्न भएको गण्डकी प्रदेशस्तरीय शारीरिक सुगठन प्रतियोगिताको उपाधि रत्न श्री जिम, तेर्सापट्टिका सुजन थापाले जितेका छन् । उनले ६० केजी तौल समूहमा प्रथम हुदैं ओभरअल प्रतिस्पर्धामा उनले मिष्टर गण्डकीको उपाधि पाए । सो प्रतिष्पर्धामा पुरुष फिजिकमा रोशन उपरकोटी र महिला तर्फको वेलनेसको पुरस्कार विपना कुमालले जितेकी छन् ।

प्रतिस्पर्धामा ५५ केजी तौल समूहमा प्रज्वलराज जिसी प्रथम, मौलादिन मियाँ, दोस्रो र रोहित श्रेष्ठ, तेस्रो स्थानमा रहे ।
६० केजी तौल समूहको प्रतिस्पर्धामा सुजन थापा, कृष्ण गुरुङ र सुजन पुन क्रमश प्रथम, द्धितीय र तृतीय भए ।
६५ केजी तौल समूहमा कुशल गुरुङ प्रथम, विक्की गुरुङ दोस्रो र रिक्की गुरुङ तेस्रो स्थानमा रहे ।
७०केजी तौल समूहमा कृष्ण भण्डारी प्रथम, मित्रबहादुर गुरुङ र सक्सेस गुरुङ क्रमश दोस्रो र तेस्रो भए ।

७० केजी तौल माथिको प्रतिस्पर्धामा शंकर सुवेदी प्रथम, सुनिल कुशवाकर, दोस्रो र अशोक शेरचन , तेस्रो बन्न सफल भए ।
पुरुष फिजिक तर्फ रोशन उपरकोटी, प्रथम, सिजन गुरुङ, दोस्रो, अनिल गुरुङ, तेस्रो हुन सफल भए ।
महिला वेल्नेसको उपाधि विपना कुमाल प्रथम, अनिता मगर, दोस्रो र उमा पुन तेस्रो बनिन् ।
सो प्रतियोगितमा ४० जना खेलाडिहरुको सहभागीता रहेको थियो ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments