Thursday, December 5, 2024
HomeGeneralशंकरमान उदास सम्मानित

शंकरमान उदास सम्मानित

नेपाल शारीरिक सुगठन तथा फिटनेश महासंघ गण्डकी प्रदेशका अध्यक्ष शंकरमान उदास सम्मानित भएका छन् । शारीरिक सुगठनमा अन्तर्राष्ट्रिय निर्णायकको सर्टिफिकेसन (अन्तराष्ट्रिय रेफ्रि) समेत रहेका शंकरमान उदास पोखराको एतिहासिक रत्न श्री जिमका सञ्चालन समेत हुन ।
उनी हालै सम्पन्न १५ औं वल्र्ड बडिबिल्डिङ एण्ड फिजिक स्पोर्ट्स च्याम्पियनसिपमा ६ जना खेलाडी सहित माल्दिभ्स पुगेका थिए । सो प्रतियोगितामा नेपालले ऐतिहासिक ४ रजत जितेपछि, रत्नश्री जिमका खेलाडीहरुले उदासलाई सम्मान गरेका हुन ।
माल्दिभ्समा भएको सो च्याम्पियनसिपमा नेपालका चार बडिबिल्डर रुजेश शाही, प्रज्वलमान शाक्य, रजनी श्रेष्ठ र सनम मुलगुठीले नेपाललाई रजत पदक दिलाएका थिए । यस च्याम्पियनसिपमा नेपालका ६ बडिबिल्डरले प्रतिष्पर्धा गरेका थिए । तीमध्ये चार जना पदक जित्न सफल भए । सो प्रतियोगितामा कुल ४१ राष्ट्रका ३०० जना खेलाडीले च्याम्पियनसिपको ५२ वटा विधामा प्रतिस्पर्धा गरेका थिए ।
बडिबिल्डिङ एशोसिएशन अफ माल्दिभ्सको आयोजनामा मालेमा शुक्रवार भएको च्याम्पियनसिपमा नेपालले चार पदक जितेको हो । प्रज्वलमानले मास्टर्स ४०–४९ उमेरसमूहका ८० केजीमुनि तौलसमूहमा रजत जितेका हुन् । यसमा १० जना प्रतिद्वन्द्वी थिए । रुजेशले ६० केजी र रजनीले ५५ केजीमाथि नेपाललाई रजत दिलाएका थिए । सनमले भने स्विम सुट एभेन्टमा रजत पदक जितेकी हुन् ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments