अर्थ

अलपत्र पैदलयात्रीलाई नेविसंघ कास्कीद्वारा भोजन तथा आवास व्यवस्थापन

नेपाल विद्यार्थी संघ कास्कीले लकडाउनबाट प्रभावित भई हिँडेरै घर फर्कन लागेका व्यक्तिहरूलाई निःशुल्क खाना खुवाउने भएको छ।

नेता पशुपति भट्टराईको नेतृत्वमा कास्की जिल्ला हुँदै घर फर्किन लागेका व्यक्तिहरूलाई नेविसंघ कास्कीले पोखरा र लेखनाथ क्षेत्रमा छुट्टा छुट्टै समूह गठन गरि पुर्ण रुपमा स्वास्थ्य सतर्कता अपनाइ सो काम गर्न लागेको हो। “कास्की जिल्ला हुँदै घर फर्कन लागेका कोही भेटिएमा र सो व्यक्तिलाई खानेकुराको अभाव भएको खण्डमा जोकोहीले पनि हामीलाई टेलिफोनमार्फत अथवा फेसबुकमार्फत बताउन सक्नुहुनेछ”, नेविसङ्घ कास्कीका नेता प्रताप बानियाँले बताए।

नेविसंघले आफ्नो स्थापना दिवस पारेर लकडाऊन अवधिभरका लागि स्वस्थ खाना वितरण गर्न लागेको हो। यो सहयोगले अलपत्र परेका व्यक्तिहरुलाई थोरै भए पनि राहत मिल्ने साथै सरकारलाई पुर्ण रुप मा सहयोग गर्ने हेतुले यो कार्य गर्न लागिएकाे नेता भट्टराइले बताए। साथै आवासको लागि भने स्थानिय सरकार,जिल्ला प्रहरी कार्यलय र जिल्ला प्रशासन कार्यलय कास्की संग अनुमती लिए मात्र सहकार्य गर्ने भएको छ। कांग्रेसले कोरोना प्रभावित व्यक्तिहरूको उद्धारमा जुट्नका लागि आफ्ना सबै भातृसंस्थाहरुलाई निर्देशन दिएको छ। सम्पर्क नम्बरहरु: पोखरा अन्तर्गत: ९८५६०७४४५१ – पशुपति भट्टराई ९८५६००००१८ – नसिब गुरुङ ९८४०६८९९३९ – सञ्जय पौडेल ९८५६०७७१७१ – डिफान भुजेल ९८५६०२९७४१ – असिम सुबेदि ९८१७१९८३०३ – गौरब बराल ९८६७३५९१५३ – बिबेक पराजुलि ९८४६८२३२८५ – शिव बुढाघरे ९८०६६०८५११ – सञ्जय आले ९८१५१४००७९ – सुमित पराजुलि ९८२६१२४८२१ – सुजि मगर ९८६९१४१४६५- सञ्जिता आचार्य ९८१४१५५९९० – सबिना तिमिल्सिना ९८५१२७११४७ – निर्दोष बिक्रम पौडेल लेखनाथ अन्तर्गत: ९८२४१८११५३- सुबास भण्डारी ९८१७१६४८३४ – प्रकाश पुन ९८४६८५०२२३ – प्रताप बानियाँ ९८०५८५७०९० – सुमिर जङ्ग गुरुङ ९८५६०१५८२७ – रसिस भण्डारी ९८१६६५३९७७ – प्रबिन ओझा ९८२५१३५७४१-कृष्ण बस्नेत ९८२६११६८८६ – आशिष पौडेल

Leave a Reply

avatar
  Subscribe  
Notify of

Comment here