मनोरञ्जन

‘कबड्डी कबड्डी कबड्डी’ले मनायो प्रदर्शनको सफल ५१औँ दिन

यो वर्षको सर्वाधिक ग्रस कलेक्सन गर्न सफल चलचित्र ‘कबड्डी कबड्डी कबड्डी’ले प्रदर्शनको सफल ५१औँ दिन पुरा गरेको छ । असोज ३बाट प्रदर्शनमा आएको रामबाबु गुरुङ निर्देशित चलचित्रले  राजधानीको बिग मुभिज, एफक्युब, गोपीकृष्ण, गुण र अष्टनारायण गरी पाँच हल मा ५१औँ दिन पुरा गरेको हो ।

५१ दिनसम्म चलचित्रले १४ करोड ग्रसको आँकडा छोएको वितरक कम्पनी स्टेसन ५ ले बताएको छ भने यो वर्ष ५१ दिन मनाउने दोस्रो चलचित्र हो ।

Leave a Reply

avatar
  Subscribe  
Notify of

Comment here