मनोरञ्जन

करिश्माले मौखिक रुपमा नयाँ शक्ति पार्टी छोडेको घोषणा, डा.बाबुराम भट्टराईलाई करिश्माको कडा जवाफ

एसइइको परिक्षाफल सार्वजनिक भएसँगै अभिनेत्री करिश्मा मानन्धर चचार्मा छिन् । बी प्लस ल्याएर एसइइ उत्तिर्ण गरेकी करिश्माले सरकारी कलेज भर्ना हुने बताएकी छिन् । यो सँगै करिश्मा राजनीतिक अभिव्यक्तिका कारण पनि चर्चामा छिन् । करिश्माको नेता डा.बाबुराम भट्टराईसँग एक हिसाबले वाकयुद्ध भैरहेको छ ।

करिश्माले मौखिक रुपमा नयाँ शक्ति पार्टी छोडेको घोषणा गरेकी छिन् । तर, नयाँ पार्टीको नेतृत्वकर्ता डा.बाबुराम भट्टराईले बिहिबार ‘जात्रै जात्रा’ फिल्म हेरिसकेपछि करिश्माले पार्टी नछोडेको बताए थिए । उनले भने, ‘करिश्मा जीले पार्टी छोड्नु भएको छैन । उहाँलाई दुई वर्षको छुट्टी दिएको हौं । उहाँले दुई वर्ष अझै पढ्ने भन्नु भएको छ । उहाँ दुई वर्ष देखि निश्क्रिय जस्तै हुनु हुन्छ । हामीले यसलाई अन्यथा लिएका छैनौं ।’ डा.भट्टराईको यो अभिव्यत्ति करिश्मालाई सही लागिरहेको छैन । उनले मिडियामा बाबुराम भट्टराईको भनाईलाई खण्डन गरिरहेकी छिन् ।

अभिनेत्री करिश्माले डा.भट्टराईको कुरालाई खण्डन गर्दै भनिन्, ‘उहाँले दुई वर्षको छुट्टी दिएको भन्नु भएको रहेछ । तर त्यस्तो होइन । सायद मैंले कुनै नोटिस नदिएर होला । यस विषयमा उहाँसँग मैंले फोनमा कुरा गरिसकेको छु ।’ करिश्माले केही समय अगाडी तत्कालिन नयाँ शक्ति पार्टी छोडेको घोषणा गरेकी छिन् । उनले अहिले कुनै पनि पार्टी प्रवेश गरेकी छैनन् । एसइइ पास भएकी करिश्मा सम्भवतः सरकारी कलेज भर्ना गरेर उच्च शिक्षा पुरा गर्ने तर्फ लाग्नेछिन् ।

Leave a Reply

avatar
  Subscribe  
Notify of

Comment here