मनोरञ्जन

‘छ माया छपक्कै’को फस्टलुक पोस्टर रिलिज: प्रदर्शन मिती अझै अन्योलामा

 

 

चलचित्र ‘छ माया छपक्कै’को फस्टलुक पोस्टर सार्वजनिक भएको छ । आमा सरस्वती मुभिजले रोहित अधिकारी फिल्मस् र आईएमईसँग सहकार्य गरेर निर्माण गरेको यस चलचित्रको सार्वजनिक पोस्टरमा चलचित्रका मुख्य चार कलाकार दीपकराज गिरी, केदार घिमिरे, जितु नेपाल र नायिका केकी अधिकारीलाई स्थान दिइएको छ । पोस्टरमा दीपकराज गिरी, केदार घिमिरे, जितु नेपाल डोकोमाथि हात राखी रोमान्टिक मुडमा देखिन्छन् भने घुम ओढेकी केकीमा चुलबुले हाउभाउ देखिन्छ ।

दीपेन्द्र लामाको निद्रेशनमा निर्माण भएको चलचित्रमा रोहित अधिकारीको लगानी छ यसै गरी चलचित्रका कार्यकारी निर्माता जितु नेपाल र केदार घिमिरे हुन् । दसैँ रिलिजको लक्ष्य राखेको चलचित्रले रिलिज मिति तोक्न सकेको छैन । निर्देशक लामाकै कथा रहेको चलचित्रमा ‘छक्का पन्जा’ सिरिज निर्देशक दीपाश्री निरौलाले सल्लाहकार निर्देशकको भूमिका निर्वाह गरेकी छन् । यसै गरी दीपकराज गिरीको पटकथा र अभिमन्यु निरबी, केदार घिमिरे, जितु नेपालसहितको संवाद छ ।

Leave a Reply

avatar
  Subscribe  
Notify of

Comment here

error: Content is protected !!