मनोरञ्जनविचार

जब धन बोल्छ अनि सत्य चुप लाग्छ। भद्रगोल परिवार ।

हाम्रो पिरमर्का
विगत केही वर्ष यता गीत सङ्गित चोरी र सर्जकको सिर्जनाको सर्बाधिकार ‘कपिराइट’ सम्बन्धि धेरै बहस भएको, मुद्दा चलेको, पिडितले हर्जना पाएको समेत सुनियो, तर के हाँस्यकलाकारका सृजनामा सर्जक को कपिराइट हुदैन? के हाँस्यकलाकारका सृजना चै सृजना नै हैनन? यसमा उनिहरुको मेहेनत हुँदैन? यो उनिहरुकाृ मौलिक सम्पति अन्तर्गत पर्दैन? हाँस्यकलाकारहरुले कुनै सार्वजनिक समारोहमा आफ्नो प्रस्तुतिबाट दर्शकलाइ हँसाउन निकै मेहेनत गर्नु पर्ने हुन्छ, तर उस्को सृजना जो कोइले जस्ताको तस्तै प्रस्तुत गर्ने, युट्युब च्यानलहरुमा खिचेर हालिदिने, एउटाको मेहेनतको कमार्इ अर्काले चोरेर खाएको थुप्रै यथार्थहरु हाम्रो सामू छन, जस्को वास्तबिक पिडा दिन रात मेहेनत गरेर सृजना गर्ने सर्जकले जति धेरै अरुले अनुभुत गर्न सक्दैनन । भर्खरै भद्रगोल समुहले अनुभव गरेको भद्रगोल टाइटलको सर्बाधिकार आफुमा नरहँदा सबै दर्शक माझ लोकप्रिय भएको कार्यक्रम नै अन्यौलमा परेको कुरा हामीले सामाजिक सन्जाल मार्फत उजागर गरेका थियौ । आज हामी अर्को सर्जकले भोगेको पिडा यहाँ प्रस्तुत गर्दैछौ ।

Image may contain: 2 people, grass, outdoor and nature

भद्रगोलका लेखक, निर्देशक, मुख्य कलाकार कुमार कट्टेल ू जिग्रीू ले आफ्नो चरित्र निर्माण गर्न, चरित्रको नाम ूजिग्री ू राख्न, नाम अनुसार चरित्रले न्याय गराउन , त्यो नामलार्इ दर्शक माझ सर्बाधिक लोकप्रीय बनाउन लगभग आफ्नो जिन्दगीको सम्पुर्ण समय खर्च गरेका छन । आफुले जन्माएको पात्रलार्इ यहाँ सम्म ल्याइपुर्याउन उनले के भोक, के तिर्खा, के झरि, के घाम केहि वास्ता नगरि दिन रात नभनि करिब १० वर्ष लगाएका छन । तर जब यो नाम हरेक नेपाली को जिब्रोमा झुन्डियो, लोकप्रीय बन्यो, तब उन्को १० बर्ष को मेहेनत एकै सेकन्डमा एउटा अन्तरास्ट्रिय कम्पनिले उनलाइ सोध्दै न सोधि आफ्नो ब्रान्ड बनायो र उनिले

Image may contain: 1 person, smiling, outdoor and closeupजिन्दगि भर मेहेनत गरेर दुख गरेर कमाएको ख्यातिलार्इ मज्जाले बसि बसि फाइदा लियो । ‘मेरो जिग्री खै’ भनेर देशका निकै नाम चलेका सेलेब्रेटीहरुले अभिनय गरेको भिडियो क्लिप्स सार्बजनिक भै रहदा कुमार कट्टेल ‘जिग्री’ निकै रनभुल्ल मा परे, तर अन्त्यमा त्यो विज्ञापन बिश्व बजारमा ख्याति प्राप्त कोकोकोला को भएको थाहा पाउँदा कुमार कट्टेल आफु छाङ्गाबाट खसेको जस्तै भए आफुले यति जिन्दगि भर मेहेनत गरेर बनाएको सिर्जना आफुले थाहा पत्तो समेत नपाइ अर्काले प्रयोग गरेको देख्दा कसको मन दुख्दैन र ? केहि दिन कुमार के गर्ने सोच्न समेत सकेनन र अन्त्य मा कानुनि उपचार को खोजिमा लागे । आफ्नो दुख पोख्न र सार्बजनिक सुचना निकाल्न भनेर उनले नेपाल का ख्याति प्रात पत्रीकाहरु कान्तिपुर, नयाँ पत्रीका, नागरिक नेट्वर्कको कार्यलय धाए, तर देशमा सुचनाको खबरदारी गर्न आफुलार्इ निकै माहिर ठान्ने यी पत्रीकाहरुले कुमार कट्टेलको गुनासो बेवाश्ता मात्र हैन छाप्न समेत मानेनन, मानुन पनि कसरि? कोकोकोलाले जुन भारी पैसाको विज्ञापन दिन्थ्यो त्यो त कुमार कट्टेलले दिदैन थिए, उनिहरुको लागि कुमार कट्टेललार्इ न्याय दिलाउन सत्यको पक्षमा भन्दा पनि एउछा अन्तराषि्ट्रय कम्पनीको पक्षमा उभिनु फाइदै फाइदा थियो । अन्त्य मा कुमार कट्टेलले सबैबाट निराशा हाता लागे पछि ब्राण्ड दर्ता गर्ने कार्यालयमा गए, जहाँ आफ्नो मेहेनतको श्रीजना ‘जिग्री’ मात्र हैन भद्रगोल का निकै ख्याति कमाएका थेगो, पात्र सबै दर्ता भै सकिएको थाहा पाय । ब्राण्ड दर्ता गर्ने फर्मको यौटा बुँदामा भनिएको छ, “प्रस्तावित व्यापार चिन्ह मेरो आफ्नै मौलिक चयन हो । पूर्ण वा आंसिक रुपमा पनि अरु कसैको नक्कल गरेको होईन । साविकमा कसैले आवदेन गरेको वा प्रचालनमा ल्याई ख्याति आर्जन गरिसकेको देखिएमा वा पेरिस कन्भेन्सन अनुसार संरक्षण गरिदिनु पर्ने चिन्ह भएमा यो ट्रेडमार्क जुनसुकै बखत खारेज गरिदिएमा मेरो मञ्जुरी छ । उल्लेखित सम्पूर्ण व्यहोरा ठिक साँचो हो झुठा ठहरिएमा कानून बमोजिम सहूँला बुझाउँला । ”

Image may contain: 1 person, smiling, outdoor and closeup
यो बुदा बढि सकेर कुमार कट्टेल आफुले न्याय पाउने बिश्वासका साथ आफु कानुनि उपचार मा लागेका छन, आशा गरौ उनले न्याय पाउने छन । नत्र यहाँ मान्छेले जिन्दगीभर मेहेनत गरेर बनाएको सृजना पैशा हुनेहरुले सेकन्डको भरमा लियर जाने छन र यक दिन कोकोकोला कम्पनिले कुमार कट्टेल ‘ जिग्रीू’लाइ नै पत्र काटेर भन्ने छ, यो हाम्रो ब्रान्ड को नाम हो, तैले प्रयोग गर्न पाउने छैनस । यदि यस्तो भयो भने लाखौ “जिग्री” हरु आफ्नो कर्म छाडेर बिदेशिन बाध्य हुने छन, किन कि यहा कमेडियनहरुको श्रीजना को कपिराइट को विषयमा बोल्ने कोहि छैनन ।
भद्रगोल परिवार ।

Leave a Reply

avatar
  Subscribe  
Notify of

Comment here