मनोरञ्जन

श्रीमती सहित नेपाल आए गोविन्दा, २१ गते विरगञ्ज जाँदै(भिडियो)

यही कात्तिक २१ गतेबाट विरगञ्जमा हुन लागेको ‘नेपाल चलचित्र स्वर्णिम महोत्सव’ मा सहभागी हुन बलिउड अभिनेता गोविन्दा नेपाल आइपुगेका छन् । उनीसँगै नेपालकी अभिनेत्री निरुता सिंह पनि नेपाल आएकी छिन् । यी दुवै कलाकार महोत्सवमा सहभागी हुनेछन् । गोविन्दासँगै उनकी श्रीमती सुनिता अहुजा पनि नेपाल आएकी छिन् । सुनिता नेपाली मुलकी हुन् यसर्थ गोविन्दा यस अघि पनि केही पटक नेपाल आइसकेका छन् । उनका अनुसार ‘नेपाल उनको ससुराली हो र उनलाई धेरै मन पर्छ’ । नेपाल आएपछि गोविन्दाले त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलमा प्रेससँग छोटो कुराकानी गरेका छन् ।

गोविन्दा गत वर्ष राजधानीमा भएको ‘एलजी फिल्म अवार्ड’ मा सहभागी हुन नेपाल आएका थिए । कार्तिक २१ गतेबाट सुरु हुने नेपाल चलचित्र स्वर्णिम महोत्सव कार्तिक २३ गते सम्म चल्ने छ ।

उनी २१ गते बिहानै वीरगन्ज पुग्ने र आफ्नो प्रस्तुति दिने कार्यक्रम रहेको आयोजकले जनाएको छ । ‘नेपाल चलचित्र स्वर्णिम महोत्सव’को उद्घाटन कात्तिक २१ गते राष्ट्रपति विद्यादेवी भण्डारीले गर्ने कार्यक्रम रहेको छ । तीन दिनसम्म चल्ने महोत्सवमा नेपाली चलचित्र निर्माता, निर्देशक, कलाकार, प्राविधिक, लेखक, गीतकार, सङ्गीतकार, गायिका, वितरक, प्रदर्शक तथा पत्रकारहरू सहभागी हुनेछन् ।

Leave a Reply

avatar
  Subscribe  
Notify of

Comment here

error: Content is protected !!