मनोरञ्जन

सित्तैमा खाना खाने लोभमा पनि महिला डे’टिङ जान्छन् ? अध्ययनले यस्तो देखायो

एजेन्सी – आम रुपमा महिलाहरु पु’रुषसँग सुमधुर स’म्बन्ध स्थापित गर्न चाहन्छन। कुनै पनि पुरुषसँग नजिक हुँदै गरेकी महिलाको चाहना रो’मान्स वा लामो स’म्बन्ध स्थापित गर्ने नै हुन्छ। तर, अध्ययनले के देखाएको छ भने सबै महिला रो’मान्स वा जीवन साथीको रुपमा मात्रै पु’रुषलाई स्वीकार गर्छन् भन्ने हुँदैन ।

हरेक चार जना महिलामध्ये एक जना महिला भने रोमान्स वा लामो स’म्बन्ध भन्दा पनि सित्तैमा विभिन्न परिकार खान पाइन्छ भन्ने लोभमा पु’रुषसँग नजिक हुने र डे’टमा जाने गरेको पाइएको छ। अजुसा प्यासिफिक युनिभर्सिटी र युनिभर्सिटी अफ क्यालिफोर्निया–मेरेडको एक अध्ययनले सित्तैमा खाना खानकै लागि केही म हिला डे’टमा जाने गरेको तथ्य पत्ता लागेको हो । वैज्ञानिकका अनुसार यो अवस्थालाई ‘फु डी कल’ भनिन्छ । जहाँ महिला डे’टिङको समयमा खानाको स्वाद लिन चाहन्छन् ।

३३ प्रतिशत महिलाबाट स्वीकार : अनलाइन अध्ययनका क्रममा ३३ प्रतिशत म हिलाहरुले खाना खानकै लागि डे’टमा जाने गरेको स्वीकार गरेका छन् । यसमा ६७ प्रतिशत महिलाले भने यसलाई अ’स्वीकार गरेका थिए । औसतमा ३४ वर्ष उमेर पुगेका ३५७ जना महिलामा यो सर्वेक्षण गरिएको थियो ।

कतिपटक यस्तो डेटमा जान्छन् ? महिलाहरुलाई खाना खाने मात्रै उद्देश्यले डे’ट जानु भएको छ ? भनेर सोधिएको थियो । यस क्रममा गएकी छु भन्नेहरुलाई कति पटक जानु भएको छ भनेर पनि सोधिएको थियो । यसको जवाफमा रेटिङ मार्फत उनीहरुको उत्तर खोजिएको थियो । १ देखि ६ सम्मको रे’टिङ थिइएको थियो । १ रे’टिङ दिनेको अर्थ हुन्थ्यो, उ कहिले पनि यस्तो डे’टमा गएकी छैन ।

तर १ बाहेक ६ नम्बरसम्मको रे’टिङ दिनेहरु भने कहिलेकाही जाने गरेको भन्ने बुझाउँथ्यो । यस्तै सोसल सा’इकोलोजिकल एण्ड पर्सनालिटी साइन्स जर्नलमा प्रकाशित शोध अनुसार ‘फुडी कल’को अवस्था थुप्रै किसिमको स’म्बन्धमा देखिएको थियो। महिलाहरुको अर्को एक समूहमा पनि यस्तो अध्ययन गरिएको थियो । यसमा ८२० जना महिलालाई सहभागी गराईएको थियो । उनीहरुलाई भने व्यक्तित्व तथा सम्बन्धका विषयमा प्रश्न सोधिएको थियो । यो समूहमा सहभागी २३ प्रतिशत महिलाले पनि खा’ना खाने उद्देश्यले नै डे टमा जाने गरेको स्वीकार गरेका थिए ।

Leave a Reply

avatar
  Subscribe  
Notify of

Comment here