अन्तरवार्ता

अन्तर बैंक फुटसल टुर्नामेन्टको उपाधी एन.एम.बी बैक लाई

पोखरा, ४ असोज

आर्थिक समृद्धिको लागि जनतामा वितिय पहुँच विस्तार खेल मार्पmत वितिय क्षेत्रका कर्मचारीको शारिरीक, मानसिक तथा आपसी सद्भावको विकास भन्ने मुल नाराका साथ शुभ विजया दशमी तथा दिपावली तथा छठ पर्वको पावन अवसरमा आयोजित अन्तर बैंक फुटसल टुर्नामेन्ट २०७६को उपाधी एन एम बैंकले जितेको छ । स्टोर्स क्यासल गणेशटोलमा भएको उक्त प्रतियोगितामा २९ वटा वित्तिय संस्थाको ३१ टिमको सहभागीता रहेको थियो । दोस्रो स्थान गण्डकी विकास वैंकले हात पारेको छ ।
उत्कृष्ट खेलाडी तर्फ गण्डकी विकास वैकका द्रव्य जङ्ग राणाले प्राप्त गरेका छन भने खेलमा उत्कृष्ट गोल रक्षको उपाधी एन एम वि बैंकका हरी प्रसाद बरालले प्राप्त गरे र खेल अवधी भर सर्वाधिका गोलकर्ताको उपाधी एन एम बी बै.क का सुरेश पौडेलले प्राप्त गरे ।

कार्यक्रममा बौल्दै प्रमख अतिथि नेपाल राष्ट्र बैंक, पोखराका निदेशक डा. डिल्लीराम पोखरेलले भने यस्ता प्रतियोगिताले बैंकर कर्मचारी विच आपसी सद्भाव कायम रहने र यस्ता प्रतियोगिता आमामी वर्षहरुमा पनि निरन्तर्तामा जोड दिए । साथमा विजया दशमीको शुभकामना समेत व्यक्ति गरे ।
नेपाल राष्ट बैंक कर्मचारी संघ पोखरा समिितको अध्यक्ष कृष्ण प्रसाद खराले भने विगतमा पनि यस्ता कार्यक्रम गरेको बताउदै आगामी दिनमा यस्त प्रतियोगीता आयोजना गर्ने हौसला मिलेको र विगतमा भन्दा बडि टिको सहभागीता भएकोमा खुसी समेत व्यक्त गरे ।
कार्यक्रमको मुख्य प्रायोजक एन आई सि एसिया बैंक रहेको छ भने सह प्रायोजकमा रोड सो रियल स्टेट , दिप हाउजिङ्ग, माछापुच्छ«े बैंक, केसी कन्सट्रक्स्न फर्म पोखरा ६ रहेको छ र पोखरा फाईनान्स प्रायोजक रहेको छ ।

Leave a Reply

avatar
  Subscribe  
Notify of

Comment here