अन्तरवार्ता

अब पालो आर्थिक क्रान्तिको ः गुरुङ

पोखरा, १० भदौ
पोखरा महानगरपालिकाका कार्यबाहक प्रमुख मञ्जुदेवी गुरुङले महिलाहरुलाई आर्थिक रुपमा सवल र सक्षम हुनुपर्ने बताएकी छन् । महिला सिप विकास संस्थाको २३ औ वार्षिक साधारण सभा तथा महिला सिप विकास वचत तथा ऋण सहकारी संस्थाको नवौ साधारण सभामा बोल्दै उनले महिलाहरु उद्यमी बन्नुपर्नेमा जोड दिइन् । ‘महिलाहरु आर्थिक रुपमा सक्षम नहुदाँ पछाडि परेका छन् । त्यसैले उद्यमी बनेर आत्मनिर्भर हुनुपर्छ ।’
कार्यबाहक प्रमुख गुरुङले देशमा राजनीतिक अधिकार प्राप्तिको आन्दोलन सकिएको बताउदै आर्थिक क्रान्तिमा लाग्नुपर्नेमा जोड दिइन् । ‘महिलाका धेरै अधिकार संविधानमा लेखिएका छन् उनले भनिन्’, ‘अब ती अधिकारको कार्यान्वयन गर्दै उत्पादनको कार्यमा लाग्नुपर्छ ।’
उनले महिलालाई आर्थिक रुपमा सवल र सक्षम बनाउन महानगरले उपप्रमुखसंग महिला कार्यक्रम सञ्चालन गरेको बताइन् । उनले एकल, विपन्न, हिंसा पीडित र अपाङ्गता भएका परिवारलाई आर्थिक रुपमा माथि उठाउने लक्ष्यका साथ कार्यक्रम सञ्चालन गरेको बताइन् । उनले तीज पर्व सवै नेपाली महिलाहरुको साझा पर्व भएको बताइन् ।
तीजलाई सरल र सहज रुपमा मनाउनुपर्छ उनले भनिन्, ‘तीजलाई गहना र कपडा प्रदर्शनको रुपमा भन्दा सामान्य रुपमा मनाउनुपर्छ ।’ उनले सिप विकास संस्थाले महिलालाई आर्थिक रुपमा सवल र सक्षम बनाउन महत्वपूर्ण भूमिका खेलेको बताउदै सहकार्य गर्न महानगर तयार रहेको बताइन् ।
नेपाल उद्योग वाणिज्य महासंग गण्डकी प्रदेशका अध्यक्ष सञ्जिव बहादुर कोइरालाले सिप विकास संस्था गण्डकी प्रदेशको गौरव गर्न लायक संस्था भएको बताए । उनले संस्थाले महिलालाई तालिम दिएर रोजगारी मार्पmत आत्मनिर्भर बनाउने काम गरेको बताए ।
कार्यक्रममा वडा नम्वर २६ अध्यक्ष नारायण गुरुङ, पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष दामु अधिकारी, संघका उपाध्यक्ष विन्दु कोइराला, गैसस महासंघ कास्कीका अध्यक्ष पदम पहारी, लिवर्डका अध्यक्ष कृष्णप्रसाद बराल, चेतबहादुर गुरुङ लगायतले बोलेका थिए ।
कार्यक्रममा सिप विकास संस्थालाई सहयोग गरेको भन्दै उद्योग वाणिज्य संघ गण्डकीका अध्यक्ष सञ्जिवबहादुर कोइराला, वडा नं. २७ का अध्यक्ष नारायण गुरुङ, पोखरा उद्योग वाणिज्य संघका उपाध्यक्ष विन्दु कोइराला, धनकुमारी गुरुङलाई महानगरका कार्यबाहक प्रमुख मञ्जुदेवी गुरुङ सिप विकास संस्थाका कार्यकारी निर्देशक रामकली खड्काले दोसल्ला र सम्मानपत्रले सम्मान गरेका थिए ।
यस्तै सहकारीका सदस्यका एसइई, कक्षा ११ र १२ उत्तिर्ण सहकारीका सदस्यका छोराछोरीलाई सम्मान गरिएको थियो । कार्यक्रम सिप विकास संस्थाका अध्यक्ष रामकली खड्काको अध्यक्षतामा भएको थियो ।

Leave a Reply

avatar
  Subscribe  
Notify of

Comment here