अन्तरवार्ता

असल छिमेकी नेपालको साधारणसभा

पोखरा, १० भदौ
असल छिमेकी नेपालको १७ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । कार्यक्रमका शिक्षाविद् डा. एलियाम्मा जोनले गमलाको बिरुवामा पानी हालेर सभाको उद्घाटन गरेकी थिइन् ।
डा. जोनले पुरानो पोखराको बारेमा प्रकाश पार्दै असल छिमेकी नेपालले दुःख, कष्ट र समस्यामा परेका मानिसका लागि गरेको सेवाको उच्च मूल्यांकन गरेकी थिइन् । उनले भनिन्, ‘भारत र नेपाललगायत धेरै देशको विकासमा मिसनरीहरुले गरेको योगदान अविष्मरणीय छ । निःस्वार्थ सेवा गर्नु र्न असल छिमेकी हुनु हो ।’
असल छिमेकी नेपालका कार्यकारी निर्देशक राजेन्द्रकुमार अधिकारीले संस्थाको वार्षिक प्रतिवेदन, योजना र बजेट प्रस्तुत गरेका थिए ।
निर्देशक अधिकारीले असल छिमेकी नेपाल कास्कीको सेती बाढी, सिन्धुपाल्चोकको जुरे पहिरो, महाभूकम्पपछिको पुननिर्माणदेखि पर्वतको जलजला पहिरो पीडितका साथै बारापर्साको आँधी र तराई डुबान पीडितहरुसम्म असल छिमेकी नेपाल पुग्न सकेको बताए ।
कार्यक्रममा असल छिमेकी नेपालका उपाध्यक्ष मुक्ति ढकाल र कोषाध्क्ष पूर्णलाल कायस्थले असल छिमेकीको असल काम विभिन्न संघसंस्था तथा सरकारी निकायले दिएको सम्मानबाटै देखिने बताए ।
पोखरेली ख्रीष्टिय समुदायका अध्यक्ष हरिराम घिमिरेले उत्प्रेरणाको वचन दिएका थिए । नियमित कार्यक्रमको प्रतिवेदन परियोजना संयोजक रोशनी गुरुङले र गोरखा भूकम्प प्रतिवेदन विपद् परियोजना संयोजक विजय श्रेष्ठले प्रस्तुत गरेका थिए ।
आ.व. २०७६÷७७ को योजनाबारे योजना तथा अनुगमन अधिकृत दिनेश केसीले, २०७५÷०७६ को आर्थिक प्रतिवेदन तथा बजेट सिए सुजित त्रिपाठीले प्रस्तुत गरेका थिए ।

Leave a Reply

avatar
  Subscribe  
Notify of

Comment here