अन्तरवार्ता

आचार्य ‘लायन्स म्यागेजिन’ को प्रधान सम्पादक

पोखरा,२० असार

पोखराका धनराज आचार्य ‘लायन्स म्यागेजिन’ को नेपालका लागि प्रधान सम्पादकमा मनोनित भएका छन् । यो म्यागेजिन लायन्स क्लब्स इन्टरनेशनलले मासिक रुपमा प्रकाशन गर्दै आएको छ । लायन्सको विभिन्न जिम्मेवारीमा लामो समय सेवा गरेका उनी लायन्स क्लब्स इन्टरनेशनल ३२५ बी १ नेपालका पूर्व डिष्ट्रिक्ट गभर्नर समेत हुन् ।
लायन्स इन्टरनेशनल मल्टिपल ३२५ को सिफारिसमा तथा अन्तर्राष्ट्रिय डाइरेक्टर सञ्जय खेतानको पहलमा उनी लायन्सको महत्वपूर्ण जिम्मेवारी म्यागेजिनको प्रधान सम्पादकमा मनोनित भएका हुन् । आचार्यका लागि यो महत्वपूर्ण अवसर र चुनौती दुवै हो ।
आचार्यले आफू गभर्नर हुँदा ‘शताव्दीमा लायन्स’ पुस्तक प्रकाशन गरेर आफ्नो खुबी प्रस्तुत गर्न र विश्वस्तरमा आफूलाई परिचित गराउन सफल भएका थिए । यसैका कारण उनले अहिले अन्तर्राष्ट्रियस्तरको म्यागेजिनको महत्वपूर्ण जिम्मेवारी सम्हाल्ने अवसरमा पाएको बताइन्छ ।
आचार्य नेपाली, अंग्रेजी, हिन्दीसंगै अन्य केही भाषामा समेत दख्खल राख्छन् । लायन्स स्थापनाको १००औं वर्षगाँठमा प्रकाशित उक्त विशेषांकका लागि आचार्यले करिब ३० महिना समय खर्च गरेका थिए ।
आचार्यले प्रधान सम्पादकको जिम्मेवारी पाएसंगै पहिलो पटक लायन्स म्यागेजिन नेपालबाटै प्रकाशन हुँदैछ । म्यागेजिनमा ५० प्रतिशत अन्तर्राष्ट्रिय लायन्स तथा ५० प्रतिशत नेपालका लायन्सका गतिविधि समावेश गरेर प्रकाशित हुनेछ ।
आचार्य प्रधान सम्पादकमा मनोनित भएसंगै विश्वस्तरबाट नेपालको लायन्सलाई निकै चासोका साथ हेरिएको छ । यसअघि अन्तर्राष्ट्रिय डाइरेक्टर भन्दा तलका व्यक्तित्व म्यागेजिनको प्रधान सम्पादक भएका थिएनन् ।
यस्तो अवस्थामा आचार्यले अवसर पाउनु उनको खूबीको चौतर्फी चर्चा भएको छ भने सामाजिक सञ्जाल तथा अन्य माध्यममार्फत उनलाई बधाई तथा शुभकामनाको ओइरो लागेको छ ।
यसअघि २१ भाषामा प्रकाशित हुँदै आएको म्यागेजिन अब नेपाली भाषासंगै ७३ भाषामा प्रकाशन हुने बताइन्छ । म्यागेजिन प्रकाशन बापतको सबै खर्च लायन्स इन्टरनेशनलले नै व्यहोर्ने प्रधान सम्पादक आचार्यले जानकारी दिए । म्यागेजिन प्रकाशनसंगै नेपालको लायन्स गतिविधिको प्रचार प्रसार विश्वस्तरमा हुने आचार्यले बताए ।
‘यसले नेपालको गरिमा बढाउनुका साथै नेपाललाई विश्वस्तरमै चिनाउन महत्वपूर्ण हुन्छ’, प्रधान सम्पादक आचार्यले भने ।
आचार्यले आफूलाई लायन्स इन्टरनेशनलले दिएको जिम्मेवारीलाई कुशलतापूर्वक निर्वाह गर्न प्रयत्न गर्ने प्रतिद्धता जनाए । उनले नेपाली भाषामा पहिलोपटक प्रकाशित म्यागेजिन विश्वका सबै लायन्सको हात–हातमा पुर्याउने प्रयास गरिने बताए ।
म्यागेजिन प्रकाशन मण्डलको अध्यक्षमा अन्तर्राष्ट्रिय डाइरेक्टर सञ्जय खेतान छन् भने अनन्त प्रसाद भेटुवाल, विके ढुंगाना र शम्भु घिमिरे सदस्य छन् ।

Leave a Reply

avatar
  Subscribe  
Notify of

Comment here