अन्तरवार्ता

उत्कृष्ट क्लवमा पिसटाउन

पोखरा, १५ असार

लायन्स क्लव अफ पोखरा पिस टाउनले यस बर्ष गरेका कार्यक्रहरु सार्वजनिक गरेको छ । एक बर्षमा सय वटा भन्दा बढी सामाजिक काम गरेको छ । क्लव भिजिटमा आएका डिस्ट्रीक गर्भनर असोक श्रेष्ठले कल्व कृयाशिल गरेको र अन्य क्लबको भन्दा फरक कार्यक्रम गरेकोमा प्रशंसा गरे । उनले ब्यावसायीक महिलाहरुले संचालन गरेको क्लव भए पनि नियमित रुपमा सक्रियता पूर्वक कार्यक्रमहरु संचालन गरेकोमा उत्कृष्ट रहेको घोषणा समेत गरे । उनले भने ‘चार सय भन्दा बढी क्लवहरु छन् । बर्ष दिनमा अनुगमन गर्न भ्याइदैन, आइतबार बर्षको अन्तिम दिन पनि क्लव अनुगमन गर्ने कार्यक्रम भयो । महिलाहरुको क्लव भनेर प्राथमिकतामा राखेको थिएं उत्कृष्ट पाएं । यसको मूल्याङन पनि हुने नै छ । ’
लायन बिमला श्रेष्ठले क्लवले बिभिन्न बिषयमा सचेतना कार्यक्रम संचालन गरेको बताईन् उनले समुदायमा क्लवले धेरै राम्रा र उपयोगी काम गरेको बताईन ।
क्लवका अध्यक्ष डा. बिनिता कोइराला शर्माले अघिल्लो बर्ष ४ जुलाई २०१८ देखि ३० जुन २०१९ सम्मका गतिबिधीहरु प्रस्तुत गरेकी थिइन् । उनले एक बर्षको अवधीमा सय वटा भन्दा बढी कार्यक्रम गरेको बताईन् । बृहद स्वास्थ्य शिबिर, बिषादी बारेको समुदाय र बिद्यार्थी बिचको सचेतना, बिभिन्न सामुदायिक बिद्यालयहरुमा खाजा, स्टेशनरी, न्यानो कपडा, सेनेटरी प्याड बितरण । बिद्यार्थीहरुको दात आखां परिक्षण निशुल्क औषधी बितरण । दृष्टीबिहनहरुका लागि सेतो क्ष्यणी बितरण, अपाङहरुका लागि ह्वील चियर बितरण गर्नुका साथै क्व सदस्यहरुको जन्मदिनमा आश्रमहरुमा भोजनको ब्यवस्था समेत गरिएको थियो । सो क्लवले यस्तैगरी बृक्षरोपण कार्यक्रम,अर्गानिक कौसी खेती तालिम, कानुनी सचेतना कार्यक्रम, महिलाहरुलाई तीन महिने पौड कक्षा संचालन, सरसफाई कार्यक्रम महिलाको स्वास्थ्यको लागि सचेतना तथा परिक्षण कार्यक्रम । लगायतका कार्यक्रमहरु गर्दै आएको छ ।
सो कार्यक्रममा प्रथम उपाध्यक्ष सरला तिमलसिनाले स्वागत गरेकी थिईन् । संचालन क्लवका सचिव सिता तिमल्सिनाले गरेकी थिईन् भने आर्थिक बिवरण कोषाध्यक्ष शोभा आर्चायले प्रस्तुत गरेकी थिईन् ।

Leave a Reply

avatar
  Subscribe  
Notify of

Comment here