अन्तरवार्ता

एचपी प्रेस, कर्पोरेट र रिसेलर मिट पोखरामा

पोखरा, २६ भदौ
विश्वविख्यात एचपी ब्राण्डको नेपालकै आधिकारिक बिक्रेता जेनेरेसन नेक्स्ट कम्युनिकेशनले बुधबार ‘एचपी पोखरा प्रेस, कर्पोरेट र रिसेलर मिट आयोजना गर्यो ।
कार्यक्रममा एचपीका एसिया र कोरिया क्षेत्रका प्रबन्ध निर्देशक साहिद खान, एचपीका कन्ट्री म्यानेजर इभान वङलगायतले व्राण्ड र त्यसका उत्पादित सामानको विशेषताका बारेमा जानकारी गराए ।
एचपीका कन्ट्री म्यानेजर इभान वङले ह्याकरलेसमेत ह्याक गर्न नमिल्नेगरी प्रोटेक्ट गर्न सकिने सामग्रीहरु एचपीले उत्पादन गर्दै आएको दाबी गरे । उनले गुणस्तरमा अब्बल भएपनि गुणस्तर अनुसार कम मूल्यमा एचपीका सामान पाइने उल्लेख गरे ।
एचपीका एशया र कोरिया क्षेत्रका प्रबन्ध निर्देशक साहिद खानले नेपाल, भारत, सिंगापुर लगायतका देशमा एचपी ब्राण्ड लोकप्रिय बन्दै गएको बताए । उनले सस्तो र राम्रो सामग्री एचपीले उत्पादन गरेकै कारण यी देशमा एचपी ब्राण्ड स्थापित भएको बताए ।
कार्यक्रममा पोखराका लागि आधिकृत विक्रेता कस्मिक कम्प्युटिङ सोलुसनका सञ्चालक पुरुषोत्तम कुँवरले विश्वविख्यात सामानको आधिकारीक विक्रेताको रुपमा काम गर्न पाउँदा निकै खुशी लागेको बताए ।
उनले भने, ‘हामीले यस्तो व्राण्डको सामान बिक्रि गर्न पाउदा उपभोक्ता र विक्रेता दुवैको विश्वास अझ वढ्ने अपेक्षा लिएको छु ।’ गुणस्तरिय सामानबाट गुणस्तरिय सेवा दिन सक्नेमा पनि उनले विश्वास व्यक्त गरे ।
यसैबीच जेनेरेसन नेक्स्ट कम्युनिकेशनले वडादशैंको अवसरमा सामान खरिदमा स्क्रयाच कुपन योजना ल्याएको छ । यो योजना बडादशैं र तिहार लक्षित गरेर यहि भदौ २९ गतेबाट कार्तिक २४ गतेसम्म लागु हुनेछ । कुपन स्क्रयाच गर्दा स्कुटर, ल्यापटप, मोवाइल, चाँदीको सिक्कालगायतका उपहार जित्न सकिने उनले बताए ।
एचपीका लागि पोखरा क्षेत्रका आधिकारिक बिक्रेतामा हिमालयन कम्प्युटर, पाण्डे कम्प्युटर र कस्मिक कम्प्युटिङ सोलुसन रहेका छन् । एचपीले कम्प्यूटर, ल्यापटप, प्रिन्टरलगायत उत्पादन गर्दै आएको छ ।

Leave a Reply

avatar
  Subscribe  
Notify of

Comment here