अन्तरवार्ता

कपाल काट्ने तालिम सञ्चालन

पोखरा, २४ असार
पोखरामा कपाल काट्ने तालिम सञ्चालन गरिएको छ । सामाजिक विकास मन्त्रालयको आर्थिक सहयोगमा व्यवसायिक तथा सीप विकास तालिम केन्द्रको आयोजनामा सो तालिम सञ्चालन गरिएको हो ।
तालिममा यस क्षेत्रका ४० जना युवा युवती छन् । पोखराको विरौटामा २५ जना र लेखनाथमा १५ जनालाई निःशुल्क तालिम उपलव्ध गराइएको हो । पछिल्लो सयममा बढ्दै गएको वेरोजगारी समस्या समाधान गर्नका लागि यो तालिम आयोजना गरिएको कार्यालय प्रमुख अनिल सुवेदीले जानकारी दिए ।
पोखराको विरौटामा बस्दै आएकी मनकला गुरुङले बेरोजगार भएकोले तालिम लिएर केही गर्ने सोंच बनाएको दावी गरिन् । पोखरामा भारतीय नागरिकले कपाल काटेर मासिक ५० देखि १ लाखसम्म कमाइ गरेको भन्दै पहाडी क्षेत्रका युवा युवतीलाई सो तालिम प्रदान गरिएको उनले वताए ।
तालिममा सहभागी मध्ये ९० प्रतिशत प्लस टु सकेका विद्यार्थी रहेको प्रशिक्षक मोहनप्रसाद पाण्डेले जानकारी दिए । उनले केही डिप्लोमा पढेका विद्यार्थी पनि तालिममा सहभागी भएको जानकारी दिएका छन् । यो तालिम लिएपछि विदेशमा गएर पनि राम्रो कमाई गर्न सकिने उनले बताए ।
सो तालिम अहिले गण्डकी प्रदेशका ७ वटा जिल्लामा संञ्चालन भै रहेको सीप विकास तालिम केन्द्र पोखराले जनाएको छ । कार्यालयले कपाल काट्ने तालिम पहिलो पटक दिए पनि यसभन्दा अघि सिलाइ कटाई, व्युटिसियन, तरकारी खेती, मन्टेसरी, मोटरसाइकल मर्मत लगायतका तालिम प्रदान गर्दै आएको कार्यालयले जनाएको छ ।

Leave a Reply

avatar
  Subscribe  
Notify of

Comment here