अन्तरवार्ता

कम्युनिस्ट नेता चुनाबमा खर्च गरेको रकम भ्रस्टाचार मार्फत उठाउन उद्दत छन् कसरी आउछ समाजबाद

१९ भदौ काठमाडौँ राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले बर्तमान कम्युनिस्ट भनिएको सरकारमा पनि माफिया र दलाल हाबी भएको भन्दै अहिले समाजबाद नआउने भन्दै उल्टो तिनीहरुका पार्टीमा भएका  दलाल कमरेडहरुको कारण गणतन्त्रनै धरापमा पर्ने चेतावनी दिएका छन्। बिहिबार सवाद चौतारीमा पत्रकारहरुसंग कुरा गर्दै उनले जनतामा बढेको निरासालाई साथमा लिएर राजाबादीहरुले उपयोग गरेको स्मरण गर्दै केसीले भने काठमाडौँमा भएको गुठि विधयेक बिरुद्दको आन्दोलन र रबि लामिछानेको केसमा भएको चितवनको आन्दोलन सरकार बिरुद्दको आक्रोश भएको बताए ।

दलाल र माफिया कमरेडले कसरी समाजवाद ल्याउछन जसले चुनाब जित्न खर्च गरेको रकम भ्रस्टाचार मार्फत उठाउन उद्दत छन् तिनीहरुबाट समाजबादको के आश गर्नु ?  रेमिटान्सले देश धानिरहेको हाम्रो देशमा संघियता व्यवस्थापन हुन नसकेको र अझै कति प्रदेशको सदरमुकाममा उल्झन रहेको  संघियताकै कारण देश असफल दिशामा गईरहेको राष्ट्रियता कम्जोर बन्दै गैरहेको भन्दै संघियताको जरो नाफाले सम्म देशले प्रगति गर्न सक्दैन भन्दै यहि कारण जनताले धेरै आश गरेको सरकारले पनि  केहि गर्न नसकेको आरोप लगाए।

उनले विदेशमा पसिना बगाएको पैसाले यत्रो प्रदेशको खर्च धान्न नसक्ने स्पस्ट पारे। पहिले केन्द्रमा भ्रस्टाचार हुने गरेको र त्यहि स्थानीय सरकारले सिको गरेको भन्दै उनले विदेशीले दिने ऋण जनताको उन्नतिका लागि नभएर शासक प्रसाशकहरुले स्वाहा पारेको आरोप लगाए।

उनले विदेश बाट आर्थिक सहयोग मागेर संघियता अघि बढ्छ भनेर सरकारलाई गम्भीर प्रश्न समेत गरे। चुनाबको समयमा विभिन्न आश्वासन देखाएर भोट मागेकाहरु अहिले आफै घुसखोर बन्दै गएकोमा  चिन्ता ब्यक्त गरे।

बिहि, भदौ १९, २०७६ मा प्रकाशित

 

Leave a Reply

avatar
  Subscribe  
Notify of

Comment here