अन्तरवार्ता

कुन्ती मलमा एनआईसीको एटिएम

पोखरा ५, भदौं
पोखराको पृथ्बीचोेकमा हालै नयाँ संरचनाका साथ संचालनमा आएको कुन्ती मलमा एनआईसी एशिया बैंकको एटिएम मेसिन संचालनमा आएको छ । मलमा सवै प्रकारको सेवा दिने उद्देश्यले एटिएम मेसिन विहिबारदेखि संचालनमा आएको कुन्ती मल व्याबस्थापनले जनाएको छ ।
उक्त मलमा संचालन भएको एटिएम मेसिनको एक समारोहका बिच विहिबार बैंकका गण्डकी प्रादेशीक प्रमुख दिपेन्द्र शर्माले उद्घाटन गरेका हुन् ।
कार्यक्रममा बोल्दै प्रादेशिक प्रमुख शर्माले पोखरामा बैंकका ११ वटा शाखा रहेको र पोखरामा हाल १७ औं एटिमएम मेसिन संचालन भएको जनाए । समय सापेक्ष डिजिटल प्रविधिलाई प्रोत्साहन गर्न हाल बैंकले नयाँ खाता खोल्ने सेवाग्राहीलाई एटिएम र मोवाईल बैंकिङ सेवा निःशुल्क उपलब्ध गराएको शर्माले जनाए ।
देश भर उक्त बैंकको २ सय ९५ वटा शाखा कार्यालय र ३ सय ५० भन्दा बढी एटिएम मेसिन भएको बैंकले जनाएको छ ।
उक्त मलमा केही सटर तथा कार्यालय प्रयोजनको लागि प्रयोग गर्न सकिने मल संचालक मध्यका एक विवेक गुरुङले बताए । उनले भने, ‘पहिलो तलामा ८ वटा सटरको लागि मात्र बुकिङ खुल्ला रहेकोछ, दोश्रो तला कार्यालय प्रयोजनको लागि खुल्ला गरिएको छ ।’
नुनदेखि सुनसम्मका दैनिक उपभोग्य वस्तुहरु उपलब्ध हुने उक्त मलमा करिब १ सय ३० वटा सटर रहेको विवेक गुरुङले जनाए । संचालक इन्द्रकुमारी बजिमायाको अध्यक्षतामा भएको कार्यक्रममा संचालकहरूमा प्रभु गुरुङ, निरन्जन बजिमाया लगायतले वोलेको व्यवसायी शबु पाठकले बताइन् ।

Leave a Reply

avatar
  Subscribe  
Notify of

Comment here