अन्तरवार्ता

क्षमता अभिवृद्धिका लागि २ दिने नेतृत्व विकास तालिम सम्पन्न

पोखरा, जेष्ठ १२ ।

बाल मैन्त्री स्थानिय शासन वडा समन्वय समिति ९ को आयोजना तथा पोखरा महानगरपालिका वडा नं ९ को सहयोगमा वडा नं ९ का बालबालिकाको क्षमता अभिवृद्धिका लागि २ दिने नेतृत्व विकास तालिम सम्पन्न भएको छ ।
समापन कार्यक्रममा बोल्दै प्रमुख अथिति गण्डकी प्रदेशका सांसद् विन्दु कुमार थापाले बालबालिका अवस्था भनेको विभिन्न तालिमहरु लिएर बोल्ने कला र क्षमताको विकास गर्ने समय भएको बताउनुभयो । बालबालिकाको मुख्य आवश्यकता नै शिक्षा भएको र बालबालिका भविष्यका कर्णधार भएकाले शिक्षामा बढी ध्यान दिनुपर्नेमा उहाँको जोड थियो । आजका बालबालिका भविष्यमा देशकै गौरबका रुपमा प्रस्तुत हुन सक्ने भएकाले आफु भित्र भएको क्षमतालाई पहिचान गनुपर्ने उहाँले बताउनुभयो । बालमैन्त्री सहर बनाउनका निम्ति सबैको भुमिका महत्वपुर्ण रहने भएकाले विकृति र विसङ्गती हटाएर असल भावका साथ काम गर्नुपर्ने, आफ्नो ठाँउ र व्यक्तिगत तर्फबाट विकास निमार्णका लागि वडासगैं हातेमालो गरेर अघि बढ्नुपर्नेमा सांसद् थापाको जोड थियो ।

कार्यक्रममा बोल्दै पोखरा महानगरपालिका वडा नं. ९ का अध्यक्ष रामराज लामिछानेले वडा न ९ लाई बालमैन्त्री वडा बनाउन सबै सक्रिय भएर लाग्नुपर्ने बताउनुभयो । पढाईसंगै नेतृत्व लिएर अघि बढ्यो भने भविष्यमा आजकै बालबालिकाले देश बनाउन सक्ने भन्दै उहाँले यस्ता खाले तालिममा सहयोग गर्ने सम्र्पुणलाई धन्यवाद ज्ञापन गर्नुभएको थियो ।

कार्यक्रमका प्रशिक्षक भक्तराज रसाईलीले बालबालिकालाई राष्ट्रको मुलधार बनाउनका लागि बालबालिकाको कुरा सुन्नुपर्ने र उनीहरुका इच्छालाई बुझेर समन्यन गर्नुपर्ने बताउनुभयो । बालबालिकालाई कमजोर बन्न दिन नहुने भन्दै नेतालाई २ घन्टा गाली गर्नुको सट्टा बालबालिकालाई समय दियो भने त्यो फलदायी हुने उहाँको भनाई थियो । यसका साथै उहाँले तालिममा उपस्थित सम्पुर्णलाई शुभकामना एवं बधाई दिनुभएको थियो ।


भावना श्रेष्ठको संयोजकत्वमा भएको कार्यक्रममा सहभागीको तर्फबाट आफ्ना भनाई राख्दै प्रशिक्षार्थी अस्मिता कार्कीले तालिममार्फत धेरै कुरा सिक्न पाएको बताउनुभयो । विगतका वर्ष भन्दा यो वर्षको तालिम अझ राम्रो भएको भन्दै तालिममा सिकेका कुराहरु व्यवहारमा लागु गर्ने उहाँको प्रतिबद्धता थियो । यससंगै तालिमले समाजका बालबालिबालाई अगाडि बढ्न सहयोग पु¥याउछ भन्ने आशा राखेको समेत कार्कीको भनाई थियो ।

वडा नं ९ का वडा अध्यक्ष लामिछानेको अध्यक्षतामा भएको उक्त कार्यक्रममा बाल मञ्च ९ को समेत पुर्नगठन गरिएको छ । जसको अध्यक्षमा अस्मिता कार्की रहुनुभएको छ भने १३ सदस्यि कार्यसमिति समेत चयन गरिएको छ ।
“सम्वृद्धिको आधार घरघरमा बालमैन्त्री व्यवहार” भन्ने मूल नाराका साथ आयोजित उक्त कार्यक्रममा ६० जना प्रशिक्षार्थीको सहभागीता रहेको थियो भने तालिममा सहभागिलाई प्रमाणपत्र समेत वितरण गरिएको थियो ।

Leave a Reply

avatar
  Subscribe  
Notify of

Comment here