अन्तरवार्ता

खोलाछेउमा निःशुल्क स्वास्थ्य परीक्षण

पोखरा,२१ असार

लायन्स क्लव अफ पोखरा पिसटाउन र कर्मशिल बचत तथा ऋण सहकारी संस्थाको आयोजनामा शनिवार पोखरा महानगरपालिका वडा नं ३२ र रुपा गाउपालिका वडा नं ६ स्थित खोला छेउमा बृहद निशुल्क जनस्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
सो स्वास्थ्यशिबिरबाट करिव २ सय जना स्थानीयले लाभ लिएका थिए भने ३५ पोइन्ट रगत संकलन भएको थियो । कार्यक्रमको प्राबिधिक सहयोग स्वस्तिक रिफर ल्याव । त्यसैगरी रक्त संकलन कार्यमा नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखाको टीमले गरेको थियो ।
बृहद स्वास्थ्यशिबिर तथा रक्तदान कार्यक्रमको उद्घाटन पूर्व स्वाथ्य मंत्री तथा प्रतिनिधी सभाका सदस्य खगराज अधिकारीले गरेका थिए । उनले पहिलो रक्तदाता तथा लायन्स क्लव अफ पोखरा पिस टाउनका अध्यक्ष गिता थापालाई रक्त ब्याग हस्तान्तरण गरेका थिए ।
उक्त अवसरमा सांसद अधिकारीले संबिधानमा भएको शकुसल जन्मन पाउने नागरिको अधिकारलाई mकाननुले समेटेको बताए । उनले भने सरकारले स्वास्थय बिमा कार्यक्रम ल्याएर जनताको हितमा काम गरेको दावी गरे । उले भने राज्यले गाँस, बास, कपास, शिक्षा स्वास्थ्य रोजगारलाई मौलिक हकमा ब्यवस्था गरेको छ । ‘अहिले रोजगारीको हक अन्र्तगत सरकारले प्रधानमंत्री रोजगार कार्यक्रम ल्याउँदा श्रमलाई घृण गर्ने प्रबृति देखियो । अर्काको देशमा जस्तासुकै काम गर्न हुनेआफ्नो देशमा श्रमलाई घृणा गर्ने’, उनले प्रश्न गरे ।
रुपा गाउपालिका का अध्यक्ष नवराज ओझाले शहरी क्षेत्रमा निशुल्क स्वास्थ्य शिबिर हुनेको तर ग्रामिण भेगमा नभएकोले अव संघ संस्थाहरुले गाउमा पनि निःशुल्क स्वास्थ्य शिविर संचालन गर्नुपर्ने बताए । कार्यक्रमा कर्मशिल बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष ध्रुव कुंवर, सहकारी संस्थाका उपाध्यक्ष संगिता गौतम तिवारी, सहकारी संस्थाका संचालक समिति सदस्य सरिता केसी लगायतका बक्ताले बोलेका थिए ।
निशुल्क स्वास्थ्यशिबिरमा मनिपाल शिक्षण अस्पतालका डा.लेखनाथ लम्साल, डा अशिम बटाजु, डा. राम मण्डल, डा सृष्टि गुरङ, डा. विधित भट्टराई, डा. प्रतिक भट्टराई डा. प्रशुन खनाल लगायतका डाक्टरहरुको टोलीले ब्लडसुगर र युरिन जांँच गरेका थिए । साथै सामान्य जाच गरी निःशुल्क औषधी समेत बितरण गरिएको थियो ।

Leave a Reply

avatar
  Subscribe  
Notify of

Comment here